back
NMB ad

रद्द भएको शिक्षक लाइलेन्ससको भयो पुनः परीक्षाको मिति तय

Kumari bank ad

भक्तपुर । माध्यमिक तहको अध्यापन अनुमति पत्र (लाईसेन्स) को परीक्षा अन्तर्गत शुक्रबार भएको अंग्रेजी विषयको बस्तुगत तर्फको परीक्षा रद्द गरिएको छ ।

कात्तिक २३ गते परीक्षा सञ्चालन गर्ने गरी शिक्षक सेवा आयोगले उक्त परीक्षा रद्द गर्ने निर्णय गरेको हो । परीक्षा हुने समय र स्थान पछि सार्वजनिक गर्ने आयोगका अध्यक्ष ताना गौतमले जानकारी दिनुभयो ।

समयमै थाहा पाएकाले समाधान गरिएको दावी गर्दै आयोगले शुरुमा परीक्षा रद्द नहुने बताएको थियो । तर उक्त घटनाले परीक्षाकै मर्यादामा आँच आएको भन्दै आलोचना बढे पछि आईतबार बसेको आयोगको बैठकले परीक्षा रद्द गर्ने निर्णय गरेको हो ।

आयोगको मुख्य काम नै मर्या्दित र विश्वसनीय रुपमा परीक्षा सञ्चालन गर्नु तथा योग्य उम्मेद्वार छनौट गर्नु रहेकोले त्यसमा सम्झौता गर्ने कुरै नआउने भन्दै गौतमले छलफलमा रहेका अन्य विकल्पलाई छाडेर रद्द गर्ने निर्णय गरेको बताउनुभयो ।

आयोगको लापरवाहीका कारण उक्त विषयको समूह ‘घ’ को बस्तुगत तर्फको प्रश्न पत्रमै उत्तर समेत सार्वजनिक भएको थियो ।

५२ जिल्लाका ३ सय १ परीक्षा केन्द्र मध्ये शुक्रबारको अँग्रेजीका लागि ८२ वटा केन्द्रमा झण्डै १३ हजार ७ सय परीक्षार्थी सहभागी थिए ।

यी मध्ये उक्त त्रुटीका कारण करीव ३ हजार जति परीक्षार्थीलाई मात्रै प्रभाव पर्ने गौतमले दावी गर्दै आएका थिए । सबै केन्द्रमा फेरी परीक्षा गर्ने गरी शुक्रबारको परीक्षा रद्द गरिएको हो ।

२०७६ असोज १२ गते प्रकाशित 

वि.सं.२०७६ असोज १२ आइतवार १३:२३ मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...