back
NMB ad

२० करोड लागतमा प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि भवन बनाउँदै सरकार

Kumari bank ad

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माण र लोककल्याणकारीका क्षेत्रमा सरकार हरेक दिन एक कदम अघि बढिरहेको बताउनुभएको छ । सरकार तीव्र विकास निर्माणमा लागिरहे पनि केही तत्वहरुले सरकारले केही नगरेको भन्दै भ्रम र निराशा छर्ने गरेपनि सरकार आफ्नो कामको गतिबाट पछि नहट्ने बताए ।

आज प्रदेश प्रमुख तथा मुख्यमन्त्रीहरुको आवास भवन शिल्यानास गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो । मोतिहारी –अमलेखगञ्ज पाइपलाईन सुरुवात भइसकेको अवस्थामा हरेक दिन नेपाल एक कदम अगाडि बढिरहेको बताउँदै प्रधानमन्त्रि ओलीले मेलम्चीको ठेकेदार भागेकाले पानी आउन केहि ढिला भएको र अब त्यो पनि केहि महिनाभित्रै आउने भन्दै विकास निर्माण र लाकेकल्याणकारीका क्षेत्रमा यो सरकारले फड्को मारेरै देखाउने बताउनुभयो ।

देश विकासको अभियान र विकास निर्माणका अनेक क्षेत्रजस्तै यातायात, कृषि, उद्योगलगायतका क्षेत्रमा सरकारले काम गरिरहेको भन्दै रोजगारी, जेष्ठ नागरिक बीमा, बैङ्क खाता जस्ता अभियान सञ्चालन गरेर सरकारले जनताका आवश्यक्ता सम्बोधन गर्दै आएको उहाँको भनाइ छ । सरकारले केही पनि गरेन ,भएन भनेर असन्तुष्टि र निरासा फैलाउने प्रवृति कायमै रहेको भन्दै वाक स्वतन्त्रताका नाममा ति हकहरुको प्रयोग पनि समुचित ढङ्गले गर्न सुझाव दिनुभएको छ । कोही मान्छे खान नपाएर सडकमा वेवारिसे अवस्थामा बस्न सरकारले दिँदैन भन्दै प्र.म. ओलीले देशलाई छिट्टै भिखारीमुक्त देश बनाउने र सडकमा कोही वेसाहारा र अलपत्र देख्ने अवस्था नआउने दावी गर्नुभयो ।

देशलाई औद्योगिकरण र आधुनिकरण गर्नेमा सरकारको ध्यान गएको भन्दै तीव्र विकास र लोककल्याणकारी अवधारणाका कुरामा सरकार नयाँ ढङ्ले अघि बढिरहरको र नयाँ सोच, तरिका अनि आँटसहित तीव्रताका साथ सरकार अघि बढिरहेको प्रधानमन्त्रीको भनाइ छ । केही दिनअघि मात्रै संसदभवनको निर्माण कार्य शुभारम्भका साथै प्रधानमन्त्री निवासको शिलान्यास गरेको र प्रधानमन्त्री निवास ओलीका लागि नभइ भोलिका लागि बनाएको भन्दै प्रदेश प्रमुख र मुख्यमन्त्रीको आवास काठमाडौँमा पनि आवाश्यक पर्ने भएकाले भवन बनाउन लागिएको स्पष्ट पार्नुभयो । प्रदेश प्रमुख र मुख्यमन्त्रीहरुले संघीय सरकार र संसदसँग निरन्तर संवाद गर्नुपर्ने भएकाले आवास भवन बनाउन लागिएको भन्दै सकेसम्म छिट्टै निर्माण कार्य सम्पन्न गर्न निर्देशन दिनुभयो ।

कार्यक्रममा शहरी विकास मन्त्रालयका सचिव मधुसुदन अधिकारीले प्रदेश प्रमुख र मुख्यमन्त्रीको आवस भवन निर्माणपछि संघीय मन्त्रीहरुको मन्त्री निवास, स्टेट गेस्ट हाउस, ५ हजारको सभाहल बनाउने तयारी रहेको बताउनुभयो । २७ रोपनी १२ आना जग्गामा बन्न लागेको आवास भवन २ बर्षमा सम्पन्न गर्ने लक्ष्य लिएको उहाँले बताउनुभयो ।

एक अर्ब २० करोड लागतमा सात वटा ब्लक, प्रत्येक ब्लकमा २ वटा भवन गरेर १४ वटा भवन बनाइने र ति अत्याधुनिक भवन तीन तलाका हुने बताइएको छ । जसमा भुइँतला सचिवालय, प्रतिक्षालय र गोप्य कोठाका साथै बैठक कक्ष, योगा कक्ष पनि हुनेछन् । ५० वटा गाडी अट्ने पार्किङ क्षेत्रको सुविधा समेत रहेको उक्त स्थानमा नीजि सुरक्षाकर्मीका लागि समेत छुट्टै व्यवस्थापन गर्नेगरी भवन बनाइने बताइएको छ ।

२०७६ असोज १३ गते प्रकाशित

वि.सं.२०७६ असोज १३ सोमवार १३:५७ मा प्रकाशित

You can share this post!

गरिमा विकास बैंक र युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता

गरिमा विकास बैंक र युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता

वि.सं.२०८१ वैशाख १९ बुधवार १२:३०

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र युनाइटेड ट्रेडर्स सिन्डिकेट...

नारायणगढ–बुटवल सडकः पाँच वर्षमा पचास प्रतिशत काम पूरा   

नारायणगढ–बुटवल सडकः पाँच वर्षमा पचास प्रतिशत काम पूरा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:५२

नवलपुर (नवलपरासी), १९ वैशाखः विस्तारको क्रममा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल...

सुनको भाउमा भारी गिरावट, आज कति घट्यो ?

सुनको भाउमा भारी गिरावट, आज कति घट्यो ?

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:४५

काठमाडौं । साताको चौथो कारोबार दिन सुनको भाउमा भारी गिरावट...

रारा क्षेत्रमा रिसोर्ट निर्माणको सम्झौता हुनु सुखद : प्रधानमन्त्री   

रारा क्षेत्रमा रिसोर्ट निर्माणको सम्झौता हुनु सुखद : प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:२६

काठमाडौँ, १९ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेस्रो लगानी सम्मेलनका...

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस   

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस   

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:२०

काठमाडौँ, १९ वैशाखः आज अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् ‘मे डे’...

आज सार्वजनिक विदा, सेयर कारोबार नहुने

आज सार्वजनिक विदा, सेयर कारोबार नहुने

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:१३

काठमाडौं । आज बुधबार वैशाख १९ सार्वजनिक विदा रहेको छ...