back
NMB ad

बढेको वृद्धभत्ता लिएर सरकार पुग्यो घर–घरमै, दशैंका बेला भत्ता पाउँदा ज्येष्ठ नागरिकमा खुसियाली

Kumari bank ad

काठमाडौं । दशैंको मुखैमा घरआँगनमै बृद्धभत्ता पाएपछि बलेफी गाउँपालिका १ का ज्येष्ठ नागरिकमा खुसियाली छाएको छ ।  वडा कार्यालयमा धाएरै भत्ता लिँदै आएका उनीहरुलाई वडाध्यक्ष मधु थापाले घरमै आएर भत्ता दिए ।

आँगनमै भत्ता पाउँदा खुसी भएका पहिलेभन्दा बढेर भत्ता आएपछि ‘बा–आमा’ हरु दंग परेका छन ।‘भत्ता लिन जान नै दुख हुन्थ्यो, दशैंका बेला घरमै भत्ता पाईयो’, घरआँगनमै भत्ता पाएपछि बलेफी १ की ८१ बर्षिया चित्रकुमारी थापा भन्दैथिईन,–‘सरकार खोज्दै जान्थ्यौं, अब त हामीलाई खोज्दै सरकार घरमै आइपुग्यो !’ घरमै भत्ता पाउँदाको खुसी त छँदैछ, पहिले भन्दा ४ हजार बढेर नगद १२ हजार रुपियाँ पाएपछि चित्रकुमारीको मुहारमा छुट्टै चमक देखियो ।

बलेफी १ का ७९ बर्षिय धर्मध्वज खड्काको मुहारमा वृद्धभत्ताले छुट्टै बहार ल्याइदिएको छ । घरआँगनमै भत्ता बुझ्न पाउँदाको खुसी प्रष्टै झल्किन्थ्यो उनको मुहारमा ।

वडाध्यक्षसहित कर्मचारीहरु घरैमा पुगेर उनलाई बृद्धभत्ता प्रदान गरे । यसअघि मासिक २ हजारका दरले भत्ता लिएका उनी यसपटक ३ हजारका दरले भत्ता पाउँदा मख्ख देखिन्थे । ‘भत्ता बढेर आयो, घरआँगनमै पाइयो’, उनले खुसी ब्यक्त गरे, ‘धन्य छ सरकार, हामीलाई यसैगरि हेरिरहोस ।’

ज्येष्ठ नागरिकलाई वडा कार्यालयमा आई भत्ता लिन असहज हुने देखेर गाउँटोमै पुगेर उनीहरुलाई सामाजिक सुरक्षा भत्ता प्रदान गरिएको वडाध्यक्ष मधु थापा बताउँछन ।

‘बृद्धबृद्धालाई वडा कार्यालयमा आइपुग्न कठिन छ, झोलामा भत्ता बोकेर घरआँगनमै लगिदियौं’, थापाले भन्नुभयो ।
वडाभित्रका पहिरे, बिप्लुङ, सिम्ले, जलविरे लगायतका बस्तीमा पुगेर १ सय ५४ जना ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता प्रदान गरिएको उनले बताए ।

स्थानीय तहले यतिबेला पहिलो चौमासिकको सामाजिक सुरक्षा भत्ता धमाधम वितरण गर्न थालेका छन । वडाध्यक्ष र वडा कार्यालयका कर्मचारी टोलबस्तीमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेका छन ।

केहिदिन अघि बलेफी गाउँपालिका ५ का वडाध्यक्ष विकास श्रेष्ठले पनि जनताका घरआँगनमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेका थिए । नेपाल समाचारपत्र बाट साभार

२०७६ असोज १३ गते प्रकाशित

वि.सं.२०७६ असोज १३ सोमवार १५:१९ मा प्रकाशित

You can share this post!

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

वि.सं.२०८१ जेठ १ मंगलवार १८:२०

काठमाडौं । नेपाल एसबिआई बैंक लि. र वन्डर्स नेपाल प्रा....

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १८:०२

काठमाडौँ, १ जेठ : राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक...

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

वि.सं.२०८१ जेठ १ मंगलवार १७:५८

काठमाडौँ, १ जेठ : नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा. घनश्याम...

यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था  (पूर्णपाठ) 

यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था  (पूर्णपाठ) 

वि.सं.२०८१ जेठ १ मंगलवार १७:४६

काठमाडौँ, १ जेठ : आगामी आर्थिक वर्ष २०८१ / ८२...

प्रभु बैंक र काठमाण्डू मोडेल अस्पतालबीच विशेष छुट सम्झौता

प्रभु बैंक र काठमाण्डू मोडेल अस्पतालबीच विशेष छुट सम्झौता

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२६

काठमाडौं । प्रदशनिमार्ग स्थित काठमाण्डू मोडेल अस्पताल र प्रभु बैंक...

सरकारले एक हजार युवालाई फेलोसिप उपलब्ध गराउने   

सरकारले एक हजार युवालाई फेलोसिप उपलब्ध गराउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२२

काठमाडौँ, १ जेठ : सरकारले विभिन्न विषय क्षेत्रका एक हजार...