काठमाडौं । सरकारले भालि (असोज २६ गते) आइतबार सार्वजनिक बिदा दिएको छ । सरकारले चीनका राष्ट्रपति सी चिनफिङको राजकीय भ्रमणका अवसरमा असोज २६ गते आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
मन्त्रिपरिषद्को बिहीबारको बैठकले मुलुकभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघसंस्था र निकाय, शिक्षण संस्था एवं विदेशस्थित नेपाली कूटनीतिक नियोगमा समेत सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
२०७६ असोज २६ गते प्रकाशित
वि.सं.२०७६ असोज २५ शनिवार ०६:२० मा प्रकाशित