back
NMB ad

जापानमा हगिबास नामक आँधिको बितण्डा, यस्तो छ पछिल्लो स्थिति

Kumari bank ad

एजेन्सी । जापानमा ६० वर्ष यताकै शक्तिशाली आँधी आउँदा कम्तीमा ९ जनाको मृत्यु भएको छ ९० जना भन्दा बढि घाइते हुनुका साथै केही मानिसहरु हराइरहेका छन् । शनिवार शक्तिशाली आँधीसँगैको वर्षा र पहिरोका कारण जापानको प्रायसः स्थानको जनजीवन प्रभावित भएको छ ।

हगिबास नामक आँधीले स्थानीय समय अनुसार साँझ ७ बजे जापानी तटलाई हानेसँगै उक्त आँधिले वर्षा र पहिरो निम्त्याएको अन्तर्राष्ट्रिय न्यूज एजेन्सीहरुले जनाएका छन् । बाढीले घर बगाउँदा टोमिकोमा १ पुरुष र टोकियो नजिकैको सागामिहारामा एक महिलाको ज्यान गएको छ । त्यस्तै कावासकीको अपार्टमेन्ट, टोचिगी र चिवामा १/१ जनाको ज्यान गएको बीबीसी समाचारमा लेखिएको छ । आँधीका कारण ९० भन्दा बढी मानिस घाइते हुनुका साथै ११ जना बेपत्ता भएको समाचार छ । घाइतेहरुको उद्धार गरि उपचार भइरहेको छ ।

करिब पाँच लाख मानिस प्रभावित हुने गरी बिजुली काटिएको छ । हगिबिस नामको शक्तिशाली आँधी अहिले उत्तरतिर बढिरहेको छ र समुद्रतिरै फर्कने ठानिएको छ । २२५ कि.मि. प्रति घण्टाको दरमा अगाडि बढेको इगु प्रायद्वीपबाट सुरु आँधी अहिले पूर्वी तटमा रहेको जापानको मुख्य टापु तर्फ अगाडि बहिरहेको छ । सत्तरी लाख भन्दा बढी मानिसलाई भयानक बाढी र पहिरोको चेतावनीका बीच घर छोड्न भनिएतापनि ५० हजार मात्र सुरक्षित शिविरमा बसेका समाचारहरूमा जनाइएको छ ।

जापानी बुलेट ट्रेन सेवा रोकिएका छन् । टोक्योको मेट्रो सर्भिस पनि शनिवार दिनभर जसो रोकिएको थियो । टोक्योको हानेडा विमानस्थल र चीबास्थित नारिटा विमानस्थलका गरि करिब एक हजार सबै उडानहरू रद्द गरिएका छन् ।

सहर तथा गाउँमा आँधी सँगै भारी वर्षा भइरहेको र यो क्रम केही समय जारी रहने सरकारी अधिकारीहरूले बताएका छन् । जेएमएका यासुसी कजिवाराले सम्भावित क्षति हुन नदिन आपतकालील चेतावनी जारी गरिएको जनाएका छन् ।

गत महिना मात्रै टाइफुन फक्साइले जापानका केही भागमा विध्वंस मच्चाउँदा ३० हजार घरहरूमा क्षति पुगेको थियो, ती मध्ये धेरै घरहरू अझ पनि मर्मत सम्भार गरिएको छैन ।

२०७६ असोज २६ गते प्रकाशित

वि.सं.२०७६ असोज २६ आइतवार ११:४४ मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...