back
NMB ad

एनआरएन अध्यक्षका प्रत्यासी कुमार पन्तका यस्ता छन प्रतिवद्धता (भिडियो सहित)

Kumari bank ad

 

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएन) अध्यक्षमा उपाध्यक्ष कुमार पन्तले उम्मेदवारी घोषणा गर्नुभएको छ ।

पन्तले लगानीमा संघको योगदान, सम्मानपूर्ण वैदेशिक रोजगारी, नागरिकता र मतदानको अधिकार, दिगो संगठन र एनआरएनमा व्यापक सहभागिता गराउने मूल मन्त्रका साथ आफूले उम्मेदवारी घोषणा गर्नुभएको हो ।

उहाँले आफू अध्यक्षमा विजयी भए संघका चालू परियोजनालाई निरन्तरता दिने, परियोजनाहरु सम्पन्न गर्न अन्तर्रा्ष्ट्रिय संघ संस्थासँग सहकार्य गर्ने, ब्रिटीस भूपू गोर्खाको माग सम्बोधन गर्न पहल गर्ने विशेष कार्यसूची रहेको बताउनुभयो ।

पन्तले एनआरएनए नागरिकता पाउने अधिकार कार्यान्वयनका लागि पहल गर्ने, विदेशमा रहेका नेपालीलाई मतदानको सुनिश्चितता गर्न पहल गर्ने, भिजन २०२०को एजेन्डालाई अघि बढाउने लगायतका प्रतिबद्धता जनाउनुभएको छ ।

उहाँले सबै तह र तप्काका व्यक्तित्व अटाउने खालको एनआरएनए बनाउन आफूले चाहेको बताउनुभयो । तर पछिल्लो समय एनआरएनएमा राजनीति भएकोमा चिन्ता ब्यक्त गर्दै उहाँले सो हुन हुन नदिने पनि प्रतिवद्धता व्यक्त गर्नुभयो ।

यस्ता छन प्रतिवद्धता

आदरणीय एनआरएन साथीहरू,
‘नेपालीका लागि नेपाली’ भन्ने मूल नाराका साथ सन् २००३ मा स्थापित गैरआवासीय नेपाली संघ (एनआरएनए) ले १६ वर्षको अवधिमा धेरै रचनात्मक र गौरव गर्नलायक काम गरेको छ ।

विश्वका ८३ देशमा संघका राष्ट्रिय समन्वय परिषद्हरू गठन गरी नेपालीको सर्वा्धिक ठूलो सांगठनिक सञ्जाल निर्माण गर्न सक्नु आफैंमा एउटा महत्वपूर्ण उपलब्धि हो ।

संघकै अभियानको प्रभाव र सम्मानस्वरुप नेपाल राष्ट्रले हामीलाई गैरआवासीय नेपाली ऐन (२०६४) र नियमावली (२०६६) मार्फत् कानुनी मान्यता दियो । संविधानसभाले संवैधानिक परिचयसमेत दिएको छ ।

गैरआवासीय नेपाली नागरिकताको संवैधानिक व्यवस्थाअनुरुप थप कानुन र कार्य्विधि बन्दै छन । तिनलाई एनआरएनमैत्री बनाउने अपेक्षा र प्रयासमा हामी छौँ ।

नेपालमा विभिन्न क्षेत्रमा गैरआवासीय नेपालीको सामूहिक र व्यक्तिगत लगानी बढ्दो छ । विदेशबाट ज्ञान, अनुभव र सीप भित्र्याउन पनि संस्थागत प्रयास भएका छन ।

संघमार्फत् विभिन्न सामाजिक र परोपकारी कार्यमा योगदान र पहल भएका छन । मुलुकले सामना गरेका निकै संकटपूर्ण घडीमा यही संघको छातामुनि रहेर संसारभरका नेपाली मातृभूमिको पक्षमा उभिन सक्यौँ ।

वैदेशिक रोजगारीसम्बन्धी समस्या समाधानका लागि नेपाल सरकारको साझेदारीमा समेत केही उल्लेख्य काम गर्न सफल भएका छौँ ।

अग्रज अभियन्ताहरुले यो संगठनको परिकल्पना गर्नुभयो । सांगठनिक आकारमा ढाल्नुभयो । त्यसमा संसारभरका प्रवासी नेपालीको ऐक्यबद्धता, त्याग र समर्पण रह्यो । यही कारण संघ आज नेपाल र नेपालीबीच एक आशा र भरोसाको धरोहरका रुपमा खडा हुन सम्भव भएको छ ।

नेपाली डायास्पोराको बढोत्तरीसँगै स्वदेशबाट विदेशिएको र विदेशमै जन्मे–हुर्केको पुस्तामा यस अभियानप्रति निकै धेरै अपेक्षा छन । र, केही जिज्ञासा पनि । साथै, संघ क्रमशः पहिलो पुस्ताबाट दोस्रोमा फड्को मार्दै छ ।

ती अपेक्षा र पुस्तान्तरणको क्रममा सन्तुलन कायम गर्दै यसलाई नयाँ उचाइ दिनुछ । सम्पूर्ण प्रवासी नेपाली समाहित हुन सक्ने फराकिलो भूमि तयार गर्नु छ । र, एक–अर्काबीच कुनै पनि प्रकारका सीमा र पर्खाल नरहने गरी स्वागत गर्न सक्ने अभियानमा यसलाई रुपान्तरित गर्नुछ ।

यस अभियानको सुरु कालदेखि नै कुनै न कुनै जिम्मेवारी र भूमिकामा रहेर सकेको योगदान गर्न पाउनु विशेष गौरवको रूपमा लिएको छु ।

तर, मलाई राम्रोसँग थाहा छ कि यतिमै रमाउने वा विगतमा गर्व गरेर मात्र बस्ने छूट हामीलाई छैन । यस संघप्रतिको आशालाई आकारमा ढाल्नुछ । भावनालाई सार्थक शक्तिमा परिणत गर्नुछ । सपनालाई नतिजामा साकार गर्नुछ ।

यस संगठनको विभिन्न जिम्मेवारीमा रहेर संसारका अधिकांश मुलुकसम्म पुग्ने, गैरआवासीय नेपालीका भावना, समस्या र आकांक्षाहरुसँग घुलमिल हुने मौका पाएको छु ।

‘नेपालीका लागि नेपाली’ भन्ने मूल मर्मसँग एकाकार हुने अवसर पाएको छु । पहाडमा भूकम्प जाँदा होस् वा तराईको आँधी र बाढी, संसारका प्रवासी नेपालीको भावनामिश्रित कोशेली लिएर गाउँठाउँ पुग्दा पाएको सद्भाव र आशिर्वादले अझै धेरै ऊर्जा सिञ्चित भएको महसूस गरेको छु ।

यो अनुभवले भन्छ– संघका विश्वव्यापी सञ्जाललाई अझ मजबुत र विस्तारित बनाई परिचालन गर्न सकिन्छ । अनि, स्वदेशको अपेक्षाअनुसार अझै ठूला योजना र अभियान सफलतापूर्वक सम्पन्न गर्न सकिन्छ । त्यसतर्फ केही सोचहरु विकास भएका छन् र थप पहलहरु थालिएका छन । तिनलाई निरन्तरता दिनुछ ।

संविधानमा नागरिकताको व्यवस्था गर्ने सन्दर्भमा होस् वा थप कानुनी र नीतिगत पहलकदमी, यी समग्र क्रियाकलापमा सहभागी हुँदा बाँकी काम सम्पन्न गर्ने अठोट अझै दरो भएको छ ।

एनआरएनको संगठित अभियानबाहेक व्यक्तिगत रुपमा पनि नेपालको सामाजिक विकास र आर्थिक उन्नतिमा महत्वपूर्ण भूमिका खेल्न सक्ने विभिन्न परियोजनामा संलग्न रहँदाको मेरो अनुभवले भन्छ– नेपालले हामीप्रति धेरै माया र अपेक्षा गरेको छ । त्यो अपेक्षा धेरै हदसम्म पूरा गर्न सकिन्छ भन्ने आत्मविश्वास पनि बढाएको छ ।

गत वर्ष काठमाडौँमा सम्पन्न प्रथम ज्ञान सीप सम्मेलनले हाम्रो प्राविधिक दक्षता, बौद्धिक पुँजी अनि व्यवस्थापकीय अनुभवको शक्ति आकलन गर्ने आधार दिएको छ । यसलाई पुँजीकृत गरी राष्ट्र निर्माणमा परिचालन गर्नुछ । यस्ता अरु नवीन अवधारणा पनि कार्यान्वयनमा ल्याउनुछ ।

आजसम्म तपाईँले विश्वास गरी दिनुभएको जिम्मेवारीलाई मैले मन, वचन र कर्मले समर्पित भई पूरा गर्न प्रयासरत रहँदै आएको छु ।

मातृभूमिको माटो छोएर भन्छु, आगामी दिनमा पनि तपाईँको विश्वास डग्मगाउन दिने छैन । यस संस्थासँग हरेक प्रवासी नेपालीको स्वाभिमान र मर्यादा जोडिएको छ, यसलाई थप सुदृढ बनाउने प्रयत्नमै हर तरहले जुट्नेछु ।

आदरणीय साथीहरु,
अग्रजहरूको समर्पण, मैत्रीभाव र कार्यकुशलताबाट धेरै कुरा सिक्ने अवसर पाएको हुँदा त्यो अनुभवलाई समेत हाम्रो संगठनको उचाइ वृद्धिमा लगाउनु मेरो कर्तव्य ठान्दछु । त्यसकारण यो संस्थालाई अझ उचाइमा लैजाने चुनौतीलाई मूल नेतृत्वमा रहेर सामना गर्न सक्छु भन्ने विश्वास लिएको छु ।

तसर्थ विश्वभरिका धेरै एनआरएन साथीहरूसँगको घनीभूत अन्तक्र्रियापछि मैले १५–१७ अक्टोबर २०१९ (२८–३० असोज २०७६), काठमाडौंमा सम्पन्न हुन गइरहेको ९ औं विश्व सम्मेलनमा गैरआवासीय नेपाली संघको अध्यक्ष पदका लागि उम्मेदवारी दिने निर्णयमा पुगेको छु ।

यस संगठनको एलसीसी, एनसीसी, क्षेत्रीय संयोजक, अन्तर्रा्ष्ट्रिय समन्वय परिषद्को महासचिव र दुई कार्यकाल उपाध्यक्षको अनुभवसहित सिंगो संगठनको नेतृत्व गर्नका लागि निम्न कार्ययोजना प्रस्तुत गर्दछु ।

स्वदेशको समृद्धि र लगानी
१) स्वदेशको विकास र समृद्धिका लागि सम्पूर्ण गैरआवासीय नेपालीको सामूहिक र व्यक्तिगत लगानी भित्र्याउन सक्रिय रहनेछु । सानोदेखि ठूलो लगानीलाई अभियानमा समाहित गरी १० अर्बको सामूहिक लगानी कोषलाई मूर्तरुप दिनेछु । नेपाल सरकारकोसमेत लगानी रहने यस कोषले पूर्वाधार निर्माण लगायत विविध क्षेत्रमा लगानी गर्नेछ ।

२) विदेशमा सिकेको ज्ञान, सीप र प्रविधि नेपाल भित्र्याउने वातावरण बनाउन नवीन पहलहरु अघि बढाउनेछु । गत वर्ष मेरै संयोजकत्वमा काठमाडौँमा सम्पन्न पहिलो विज्ञ सम्मेलनका निष्कर्ष कार्यान्वयन गर्दै त्यसलाई निरन्तरता दिनेछु ।

३) विश्वभर छरिएका नेपालीमार्फत् नेपालका पर्यटकीय आकर्षण र गन्तव्यको प्रचारप्रसार गर्न विशेष योजना ल्याउनेछु । नेपालमा पर्यटन क्षेत्रमा लगानी गर्न गैरआवासीय नेपालीलाई प्रोत्साहित गर्नुका साथै त्यसअनुकूल वातावरण तथा नीतिका निम्ति पहल गर्नेछु । सरकारले अघि सारेको नेपाल ‘भ्रमण वर्ष–२०२०’ को सफलताका लागि सिंगो गैरआवासीय नेपालीको शक्ति र सञ्जाल परिचालन गर्न जुट्नेछु ।

४) सामाजिक तथा परोपकारी कामलाई अगाडि बढाउन भिजन–२०२० ले कल्पना गरेको एनआरएनए फाउन्डेसन विस्तार गरी सोहीमार्फत् एनआरएनहरुलाई सहभागी गराउनेछु ।

वैदेशिक रोजगारी
५) सुरक्षित र सम्मानपूर्ण वैदेशिक रोजगारीका लागि विद्यमान समस्या र समाधानका उपायबारे श्वेतपत्र तयार गरी त्यसैका आधारमा नेपाल सरकारसँगको समन्वयमा कार्ययोजना लागू गर्नेछु ।

६) वैदेशिक रोजगारीमा जानुअघि नै सीपयुक्त बनाई अन्तर्रा्ष्ट्रिय श्रमबजारमा नेपाली जनशक्तिको सेवा सुविधा र मर्यादा अभिवृद्धिका प्रभावकारी कार्यक्रम नेपाल सरकारसँगको समन्वयमा कार्यान्वयन गर्नेछु ।

७) विदेशमा समस्यामा पर्न सक्ने नेपालीको उद्धार र राहतका लागि नेपाल सरकारसँग समन्वय गरेर वैदेशिक रोजगार राहत कोष वृद्धिमा लाग्नेछु ।

नागरिकता र मतदानको अधिकार
८) संविधानअनुसार गैरआवासीय नेपाली नागरिकता पाउने अधिकार शीघ्र कार्यान्वयनका लागि विशेष पहल गर्नेछु ।

९) विदेशमा रहेका नेपालीको मतदानको अधिकारसम्बन्धी व्यवस्थाको व्यावहारिक कार्यान्वयनमा लागिपर्नेछु ।

संगठन सुदृढीकरण
१०) संसारका कुनै पनि मुलुकमा रहेका हरेक गैरआवासीय नेपाली संघमा आबद्ध हुन न्यूनतम शुल्क वा निःशुल्क सदस्यता पञ्जीकरणका लागि पहल गर्नेछु । विश्वका जोकोही नेपालीले गर्वसाथ यो संस्था मेरो हो भनेर आबद्ध हुन चाहने गरी संरचना सञ्जाल र छवि निर्माणमा जुट्नेछु ।

११) नयाँ पुस्ताका गैरआवासीय नेपालीलाई संघका गतिविधिमा आकर्षित गर्दै स्वदेशसँगको सम्बन्धलाई कसिलो बनाउन विशेष ध्यान दिनेछु । साथै, त्यो पुस्ताको स्थानीय राजनीतिक, व्यावसायिक र सामाजिक क्षेत्रमा सहभागिता बढाउनेतर्फ पनि मेरो ध्यान रहनेछ ।

१२) संघमा महिलाको उपस्थिति, सहभागिता र नेतृत्वलाई व्यापक र सशक्त बनाउन विशेष अभियान सञ्चालन गरिनेछ ।

१३) संघको विधि, विधान र संस्थागत प्रक्रियाहरूलाई अनुशरण गर्ने गराउनेछु । सचिवायलको प्रभावकारिता र क्रियाशीलतामा ध्यान दिनेछु ।

१४) हरेक गैरआवासीय नेपालीको समान भूमिकालाई स्थापित गर्न नेतृत्व चयनका क्रममा अनलाइन भोटिङ प्रणालीबारे सम्भाव्यताको खोजी गरिनेछ ।

१६) संघको समयसापेक्ष विकास गर्न ‘भिजन २०२०’ को प्रस्ताव कार्यान्वयनको पक्षमा दृढ रहँदै यसलाई सफल बनाउन विशेष सक्रिय रहनेछु । साथै, संघको आर्थिक र सैद्धान्तिक स्थायित्व कायम गर्न विभिन्न कार्यक्रमहरु ल्याउनेछु ।
विशेष कार्यसूची

१७) संघका चालू परियोजनाको निरन्तरता, समापन र हस्तान्तरणलाई उच्च प्राथमिकतामा राख्नेछु ।

१८) संघले आफ्नो मूल्य, मान्यता र परिकल्पनामा रहेर अगाडि बढाउन खोजेका परियोजनामा हाम्रो मात्र स्रोत–साधनले नपुग्ने भएमा अन्तर्रा्ष्ट्रिय संघसंस्थाहरुसँग सहकार्य गरिनेछ ।

१९) समान हक, हित र अधिकारका लागि संघर्षरत भूतपूर्व ब्रिटिस गोर्खाहरुको मागको पक्षमा उभिनेछु ।

२०) गैरआवासीय नेपालीका समस्या, चासो र सरोकारलाई उच्चस्तरबाट सम्बोधन गर्न नेपालको राजनीतिक नेतृत्वसँग नियमित सम्पर्क र प्रभावकारी समन्वयका निम्ति स्थायी संयन्त्र स्थापनाका लागि प्रयासरत रहनेछु ।

आदरणीय साथीहरु,
अन्त्यमा, यस संघमा आजको मितिसम्म जति योगदान दिएँ, त्यसबाट मैले धेरै सिक्ने, बुझ्ने र ज्ञान हासिल गर्ने अवसर पाएको छु ।

सोही अनुभव र ज्ञानलाई अब नेतृत्वमै रहेर संस्थाका लागि योगदान गर्ने मेरो आकांक्षा छ । जिम्मेवार अध्यक्षका रुपमा संघलाई बलियो, एकताबद्ध र व्यवस्थित बनाउनेदेखि ‘राम्रो एनआरएनए हाम्रो एनआरएनए’ बनाउन इमान्दारीपूर्वक र प्रतिबद्ध रूपमा काम गर्ने प्रतिज्ञा गर्दछु ।

मेरा समस्त शुभचिन्तक तथा संस्थाका अग्रज, सहकर्मी एवं सम्पूर्ण सदस्यमाझ गैरआवासीय नेपाली संघको अध्यक्षको जिम्मेवारीमा मलाई विश्वास गरेर निर्वा्चित गर्नुहुनेछ भन्ने अपेक्षासहित यहाँको अमूल्य मतका लागि हार्दिक अनुरोध गर्दछु ।

धन्यवाद,
कुमार पन्त, अध्यक्ष पदका उम्मेदवार
(वर्तमान उपाध्यक्ष, अन्तर्रा्ष्ट्रिय समन्वय परिषद् गैरआवासीय नेपाली संघ)

 

वि.सं.२०७६ असोज २६ आइतवार १४:२५ मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...