back
NMB ad

आधा दर्जन बिमा कम्पनीले गरे लाभांश घोषणा, कसको कति ? (सूचि सहित)

Kumari bank ad

काठमाडौं । सञ्चालनमा रहेका ६ ओटा बिमा कम्पनीले लाभांश घोषणा गरेका छन । नयाँ आर्थिक वर्ष सुरु भएपछि बिमा कम्पनीहरुले लाभांश घोषणा गर्न थालेका हुन ।

नेपाल धितोपत्र बोर्डका अनुसार ६ ओटा बिमा कम्पनीहरुले लाभांश निष्कासनका लागि अनुमति मागेका छन । बोर्डका अनुसार सूर्या लाइफ इन्स्योरेन्स कम्पनी, प्रिमियर इन्स्योरेन्स कम्पनी, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, सिद्धार्थ इन्स्योरेन्स कम्पनी, सगरमाथा इन्स्योरेन्स कम्पनी तथा आईएमई जनरल इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेका छन ।

चालू आर्थिक वर्ष सुरु भएको ६ महिनाभित्र लाभांश घोषणा गर्नुपर्ने व्यवस्था छ । बिमा कम्पनीहरुमा सबैभन्दा बढी लाभांश सगरमाथा इन्स्योरेन्स कम्पनीको छ ।

सगरमाथाले ८६ प्रतिशत अर्थात ४६ करोड २९ लाख ३१ हजार रुपैयाँको लाभांश घोषणा गरेको हो । त्यस्तै, सबैभन्दा कम लाभांश घोषणा गर्ने बिमा कम्पनीमा आईएमई जनरल इन्स्योरेन्स छ । यस कम्पनीले ५ प्रतिशतबराबरको ४ करोड ८६ लाख रुपैयाँ लाभांश घोषणा गरेको छ ।

त्यस्तै, प्रिमियर इन्स्योरेन्स कम्पनीले ८४ प्रतिशत लाभांश दिन लागेको छ । यस कम्पनीले ४९ करोड ५ लाख ६० हजार रुपैयाबराबरको लाभांश दिने घोषणा गरेको छ ।

त्यस्तै, नेपाल लाइफ इन्स्योरेन्सले २५ प्रतिशत, सिद्धार्थ इन्स्योरेन्सले १५.४८ प्रतिशत लाभांश घोषणा गरेको छ । यस कम्पनीले आफ्ना लगानीकर्तालाई १३ करोड ४० लाख ८१ हजार ६ सय ५० रुपैयाँबराबरको लाभांश घोषणा गरेको छ ।

सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले गत वर्षको नाफाबाट आफ्ना लगानीकर्तालाई १२ प्रतिशत लाभांश दिन लागेको छ । यस कम्पनीले १३ करोड ५८ लाख २८ हजार रुपैयाबराबरको लाभांश दिन लागेको हो ।

२०७६ असोज २६ गते प्रकाशित

वि.सं.२०७६ असोज २६ आइतवार १६:२१ मा प्रकाशित

You can share this post!

सुनको भाउमा गिरावट, आज कति घट्यो ?

सुनको भाउमा गिरावट, आज कति घट्यो ?

वि.सं.२०८१ जेठ १ मंगलवार १०:५७

काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको भाउ घटेको छ...

कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा, क-कसले दिने आवेदन ?

कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा, क-कसले दिने आवेदन ?

वि.सं.२०८१ जेठ १ मंगलवार १०:१७

काठमाडौ । कुमारी बैंकले संस्थापक संस्थापक सेयर बिक्रीमा ल्याएको छ...

कुमारी बैंकका ग्राहकलाई निको बाल अस्पतालमा विशेष छुट

कुमारी बैंकका ग्राहकलाई निको बाल अस्पतालमा विशेष छुट

वि.सं.२०८१ जेठ १ मंगलवार १०:०७

काठमाडौं । कुमारी बैंक लिमिटेड र भरतपुर, चितवन स्थित निको...

विश्व बैङ्कले भन्यो-नेपालको वित्तीय सङ्घीयता कार्यान्वयनमा मध्यम प्रगति, प्रदेश र स्थानीय तह घाटामा   

विश्व बैङ्कले भन्यो-नेपालको वित्तीय सङ्घीयता कार्यान्वयनमा मध्यम प्रगति, प्रदेश र स्थानीय तह घाटामा   

वि.सं.२०८१ जेठ १ मंगलवार ०६:३७

काठमाडौँ : विश्व बैङ्कले नेपालमा वित्तीय सङ्घीयता कार्यान्वयनको गति मध्यम...

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ जेठ १ मंगलवार ०६:३१

काठमाडौँ, १ वैशाखः हाल देशमा पश्चिमी र स्थानीय वायुका साथै...

सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै   

सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै   

वि.सं.२०८१ जेठ १ मंगलवार ०६:२५

काठमाडौँ, १ जेठ : सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को...