back
NMB ad

१४ कम्पनीको ४ अर्ब ५१ करोड ६६ लाख बराबरको सेयर छिट्टै बजारमा, कसको कति ?

Kumari bank ad

काठमाडौं । सेयर बजारमा विभिन्न १४ कम्पनी (आईपीओ) र (एफपीओ) आउने भएका छन । बजारमा आउनलागेका १४ कम्पनी मध्य १३ वटा कम्पनीले सेयर निष्कासनका लागि बोर्डमा आवेदन दिएका छन भने एक जलविद्युत कम्पनीले अनुमति पनि पाइसकेको छ ।

बोर्डबाट अनुमति पाएको दुई महिनाभित्र सेयर निष्कासन गरिसक्नुपर्छ कानुनी व्यवस्था छ । बोर्डको तथ्यांकअनुसार १४ कम्पनीले कुल ४ अर्ब ५१ करोड ६६ लाख ७३ हजार ६ सय रुपैयाँ बराबरको ४ करोड ५१ लाख ६६ हजार ७ सय ३६ कित्ता सेयर निष्कासनका लागि बोर्डमा आवेदन दिएका छन ।

तीमध्ये शिवश्री हाइड्रोपावर कम्पनीले ३३ करोड ५१ लाख १४ हजार रुपैयाँका ३३ लाख ५१ हजार १ सय ४० कित्ता सेयर निष्कासनका लागि यही असोज १ मा बोर्डबाट अनुमति पाइसकेको छ । सेयर निष्कासनका क्रममा रहेका कम्पनीमध्ये १० वटा जलविद्युत् कम्पनी छन ।

ती कम्पनीले सेयर निष्कासन अनुमतिका लागि नेपाल धितोपत्र बोर्ड मा अनुमति दिइसकेका छन्। सेयर निष्कासनका लागि आवेदन पर्खाइमा रहेका कम्पनीमा ९ वटा जलविद्युत् कम्पनी, ३ वटा अन्य र एक मर्चेन्ट बैंकिङ क्षेत्रका कम्पनी छन ।
हाल सेयर निष्कासन अनुमति प्रक्रियामा रहेका कम्पनीमध्ये अधिकांशले स्थानीयवासीका र बाँकीले सर्वसाधारणका लागि सेयर निष्कासन गर्न लागेका बोर्डले जनाएको छ ।

सेयर निष्कासनका लागि आवेदन दिएका जलविद्युत् क्षेत्रका कम्पनीमा तेहथुम पावर कम्पनी (स्थानीय बासिन्दा र सर्वसाधारण), सीईडीबी हाइड्रो पावर डेभलपमेन्ट कम्पनी, शिवम पावर (स्थानीय बासिन्दा र सर्वसाधारण), ग्रिनलाइफ हाइड्रोपावर (स्थानीय बासिन्दा र सर्वसाधारण), लिबर्टी इनर्जी कम्पनी (स्थानीय बासिन्दा र सर्वसाधारण), युनाइटेड इदीमर्दी एन्ड आरबी हाइड्रोपावर (स्थानीय बासिन्दा र सर्वसाधारण), संगटी हाइड्रो इनर्जी, मैलुङखोला जलविद्युत् (सर्वसाधारण) र माउन्टेन इनर्जी नेपाल (स्थानीय बासिन्दा र सर्वसाधारण) का लागि प्राथमिक सेयर निष्कासन गर्न लागेका हुन ।

२०७६ असोज २७ गते प्रकाशित

वि.सं.२०७६ असोज २७ सोमवार ०८:२१ मा प्रकाशित

You can share this post!

टी ट्वेन्टी शृङ्खलाः नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको अन्तिम खेल आज   

टी ट्वेन्टी शृङ्खलाः नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको अन्तिम खेल आज   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०९:४०

काठमाडौँ, २२ वैशाख : नेपाल र वेस्ट इण्डिज ‘ए’ बीचको...

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:५१

म्याग्दी :  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको...

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४६

काठमाडौँ, २२ वैशाख : निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४२

काठमाडौँ, २२ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:३८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...