back
NMB ad

नयाँ कार्यसमिति चुन्दै अन्तर्राष्ट्रिय धादिङ समाजको बिश्व भेला तथा प्रथम अधिबेशन सम्पन्न

Kumari bank ad

काठमाण्डौं । विश्वभर छरिएर रहेका धादिङबासीहरुको साझा संजाल अन्तर्राष्ट्रिय धादिङ समाजको बिश्व भेला तथा प्रथम अधिबेशन काठमाडौंको बत्तीसपुतलीमा सम्पन्न भएको छ । नेपाल सरकारका संघिय मामिला तथा स्थानिय विकास मन्त्री लालबाबु पण्डितको प्रमुख आथित्यतामा सो भेला सम्पन्न भएको हो ।

भेलामा बोल्दै नेकपा धादिङका सांसद खेमप्रसाद लोहनीले देश पूर्वाधार तयार गर्दै अगाडी बढेको र सम्बृद्धिको अभियानमा छ भन्नुहुँदै निराशा समाप्त भइ उत्साह थपिएको परिप्रेक्ष्यमा अब उत्साहित भएर अगाडि बढ्नुपर्ने बताउनुभयो । बाहिर बसेर कुरा गर्न जति काम गर्न सजिलो नभएका बताउँदै निराशा नभई आशा बाढ्नुपर्ने उहाँको भनाई छ । लगानीका निम्ति देशमा राम्रो वातावरण बनेकोले सम्पुर्णले हातेमालो गरेर अगाडि बढ्नु पर्ने सांसद लोहनीले बताउनुभयो । हिजो सम्पन्न भेलामा नेकपा धादिङका सांसद खेमप्रसाद लोहनी, गुरुप्रसाद बुर्लाकोटि, नेकपा प्रदेश ३ का सांसद डा.रामकुमार अधिकारी, नेपाली काँग्रेस धादिङका सभापति रमेश धमला लगायतका नेताहरुको आतिथ्यता रहेको थियो ।

विश्व भेला तथा प्रथम अधिवेशनले धादिङ ज्वालामुखी स्थायी ठेगाना भई हाल युएई बस्दै आउनु भएका नानुकाजी अर्यालको अध्यक्षतामा ११ सदस्यिय कार्यसमितिको गठन गरेको छ ।

(अध्यक्ष नानुकाजी अर्याल सहितको कार्यसमिति )

गैर आवासिय नेपाली संघ (एनआरएनए) को नवौं अधिवेशनको सम्मुखमा सम्पन्न धादिङेहरुको विश्व सम्मेलनमा एनआरएनएका सह कोषाध्यक्ष पदका उम्मेदवार धादिङ बुढाथुमका लोक प्रसाद दाहाल, मध्य पुर्व संयोजकका लागि उम्मेदवारी दिएका बेनिघाट रोराङका मनोजकुमार तामाङ (गोर्खाली) , युरोपका उप संयोजकका लागि उम्मेदवारी दिएका धुँवाकोटका कृष्ण तिमल्सिना र मैदीका बालकृष्ण श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।

अन्तर्राष्ट्रिय धादिङ समाजले विभिन्न ३६ देशमा नेटवर्क विस्तार गरिसकेको छ । जसअन्तर्गत युयई, कतार, साउदी ओमन, कुवेत, जोर्डन, इज्रायल, जापान, साउथ कोरिया, सिंङ्गापुर, अमेरिका, अस्ट्रेलिया, अस्ट्रीया, क्रोयीसिया, माल्टा, माल्दिप्स, भारत, बेल्जियम, साइप्रास, फिनल्याण्ड, जर्मनी, साउथ सुडान, लेवनन, मलेसिया, पोर्चुगल, इराक, सिरिया, बहराइन, फ्रान्स, थाइल्याण्ड, लिस्वान, क्यानाडा, अफ्गानिस्तान, बंङ्ग्लदेश र आयर्ल्याण्ड रहेका छन् ।

कार्यक्रमको अवसरमा अन्तर्राष्ट्रिय धादिङ समाजलाई साढे चार लाख भन्दा बढी रकम सहयोग प्राप्त भएको छ ।
विश्व भेलाको अवसरमा गैर आवासीय नेपाली संघका उपाध्यक्ष एवम् नवौ महादिवेशनका अध्यक्षका उम्मेद्वार गोरखा निवासी कुमार पन्तले २ लाख, सह कोषाध्यक्षका उम्मेदवार बुढाथुम निवासी लोक दाहालले १ लाख १० हजार, अध्यक्षका अर्का उम्मेद्वार कुल आचार्यले १ लाख १ हजार र गोविन्द सुवेदीले ५१ हजार १११ रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।

२०७६ असोज २७ गते प्रकाशित

वि.सं.२०७६ असोज २७ सोमवार १२:५९ मा प्रकाशित

You can share this post!

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:५१

म्याग्दी :  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको...

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४६

काठमाडौँ, २२ वैशाख : निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४२

काठमाडौँ, २२ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:३८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:५४

नयाँ दिल्ली, २१ वैशाख वेबसाइटले डिजिटल युगमा कम्पनी वा संस्थाको...