back
NMB ad

सम्पत्ति शुद्धिकरण निर्देशिका पालना नगर्ने सहकारीलाई १० लाख जरिवाना

Kumari bank ad

काठमाडौं । सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन कार्यान्वयन नगर्ने सहकारी कारवाहीमा पर्ने थालेका छन ।
निर्देशिका कार्यान्वयन नगरी मनपरी कारोबार गर्ने सहकारीलाई सरकारले अंकुश लगाउन लागेको हो ।

२०६४ मा जारी गरेको उक्त ऐनको प्रावधानअनुसार सहकारी विभागले २०७४ मा सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी निर्देशन जारी गरेको थियो । तर उक्त निर्देशिका कार्यान्वयन नगर्ने सहकारी धमाधम कारवाहीमा पर्न लागेका हुन ।

सहकारी विभाग स्रोतका अनुसार निर्देशिका पालना नगर्ने ललितपुरको पशुपति सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ कारवाहीमा परेको छ ।

पशुपति सहकारीलाई सम्पत्ति शुद्धिकरण कसुर गरेको आरोपमा विभागले १० लाख रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको हो । विभागले संस्कास्पद कारोबारका आधारमा पशुपतिमा अनुगमन गरेको थियो ।

लिखितरुपमा सचेत गराउँदासमेत अटेरी गरेका कारण विभागले १० लाख जरिवाना गर्ने निर्णय गरेको हो । सहकारी विभागले चालू आर्थिक वर्षमा २० वटा सहकारीमा सम्पत्ति सुद्विकरण अनुसार अनुगमन गर्ने योजना बनाएको छ ।

गत आर्थिक वर्षमा १५ वटा सहकारीको सम्पत्ति शुद्धिकरणसम्बन्धी अनुगमन गरेको थियो । सहकारी कालो धन लुकाउने थलो सहकारी बन्न थालेपछि सरकारले पछिल्लो समयमा कडा निगरानी गर्न लागेको हो ।-अन्नपुर्णपोष्टबाट

२०७६ असोज ३० गते प्रकाशित

वि.सं.२०७६ असोज ३० बिहीवार १२:२० मा प्रकाशित

You can share this post!

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...