back
NMB ad

मेगा बैंकको ११.७५% लाभांश पारित गर्न कात्तिक २९ मा एजीएम

Kumari bank ad

काठमाडौं । मेगा बैंकको नवौं वार्षिक साधारण सभा कात्तिक २९ गते हुने भएको छ । सभामा बैंकले ११.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ ।

बैंकले गत वर्षको कमाईबाट १ अर्ब २२ करोड ६ लाख ६३ हजार २० रुपैयाँ नगद वितरण गर्न लागेको हो । सभा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी काठमाडौंमा बिहान ११.३० बजे सुरु हुनेछ ।

आर्थिक वर्ष २०७५–७६ को सञ्चालक समितिको प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव पनि छ । यस्तै, आर्थिक वर्ष २०७६–७७ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा छ ।

बैंकको प्रबन्धपत्र तथा नियमावली संसोधन गर्ने प्रस्ताव पनि पेश हुनेछ । साधारण सभा प्रयोजनका लागि मेगाले कात्तिक १५ बुक क्लोज गर्नेछ । यसर्थ, कात्तिक १४ गतेसम्म कायम रहने सेयरधनीले मात्र बैंकले वितरण गर्ने लाभांश पाउनेछन ।

यता, केहीदिन अघिमात्रै मेगा बैंकले गण्डकी विकास बैंकलाई प्राप्ति गर्ने सैद्धान्तिक सहमतिमा हस्ताक्षर गरेको छ । हाल यस बैंकको चुक्ता पुँजी १० अर्ब ३८ करोड ८६ लाख २१ हजार रुपैयाँ रहेको छ । गण्डकी गाभेपछि पुँजी अझै बढ्नेछ ।

२०७६ कात्तिक ०१ गते प्रकाशित

वि.सं.२०७६ कात्तिक १ शुक्रवार १०:४१ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...