back
NMB ad

नेप्सेमा सुचीकृत यी ८२ कम्पनीको कारोबार रोक्का (सूचि सहित)

Kumari bank ad

काठमाडौं । नेपाल स्टक एक्सचेन्जले ८२ कम्पनीको शेयर कारोबर रोक्का गरेको छ । नेप्सेमा सुचीकृत कम्पनीले बार्षिक रुपमा तिर्नुपर्ने नविकरण शुल्क नबुझाएपछि शेयर कारोबार रोक्का भएको हो ।

नविकरण शुल्क नबुझाउनेमा ठुला कम्पनीहरु समेत रहेका छन । सबै भन्दा धेरै कित्ता शेयर सुचीकृत रहेको नेपाल टेलिकम र सबै भन्दा धेरै शेयरमूल्य रहेको युनिलिभर नेपालको पनि शेयर कारोबार रोक्का भएको हो ।

नेप्सेले धितोपत्र सूचीकरण विनियमावली २०७५ अनुसार सूचीकरण तथा कारोबार स्थगीत गरेकोे जनाएको छ । करोबार रोक्का हुनेमा १९ लघुवित्त, २ व्यापार, २ होटल, २ अन्य, ११ उत्पादन तथा प्रशोध, २ बीमा, १८ विकास बैंक, १२ फाइनान्स कम्पनी र १३ जलविद्युत समुहका कम्पनीहरु रहेका छन ।

हरेक आर्थिक वर्ष समाप्तिको तीन महिनासम्ममा सुचीकरण नविकरण नगर्ने कम्पनीको शेयर कारोबार रोक्का हुन्छ । कारोबार रोक्का भएका कम्पनीले सुचीकरण शुल्क बुझाउने वित्तिकै कारोबार भने खुल्नेछ ।

धितोपत्र सुचीकरण विनियमावली २०७५ मा ५० करोड रुपैयाँ बरावरको शेयर सुचीकृत कम्पनीले वार्षिक रुपमा नविकरण शुल्क वापत ५० हजार रुपैयाँ र त्यस भन्दा धेरै चुक्ता पुँजी भएको कम्पनीले एक लाख रुपैयाँ बुझाउनु पर्ने व्यवस्था छ ।

सूचि हेर्नुहोस्

[pdf-embedder url=”http://www.arthatantra.com/wp-content/uploads/2019/10/637070175097269409.pdf”]

२०७६ कात्तिक ०२ गते प्रकाशित

वि.सं.२०७६ कात्तिक २ शनिवार १२:०४ मा प्रकाशित

You can share this post!

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

वि.सं.२०८१ वैशाख १८ मंगलवार २१:४३

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको...

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३९

काठमाडौँ, १८ वैशाख : नेपाल चेम्बर अफ कमर्सले श्रमिक वर्गको...

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३५

काठमाडौँ, १८ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष...

सप्तरीको चिम्टीमा भीषण आगलागी, एक सय बढी घर जलेर नष्ट   

सप्तरीको चिम्टीमा भीषण आगलागी, एक सय बढी घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३०

राजविराज (सप्तरी), १८ वैशाख : सप्तरीको महादेवा गाउँपालिकामा आज भीषण...

अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु : अध्यक्ष ओली   

अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु : अध्यक्ष ओली   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:२६

फिक्कल (इलाम), १८ वैशाख : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का...

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:५४

काठमाडौँ, १८ वैशाख : सांसदहरुले आगामी आर्थिक वर्षको बजेट खेल...