back
NMB ad

पहिलो त्रैमासमा एनमबीले कमायो डेढ करोड बढि खुद नाफा, १५०% हकप्रद ल्याउँदै

Kumari bank ad

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ करोड ५२ लाख ८६ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

यो नाफा गत वर्षको भन्दा १४०३ प्रतिशतले धेरै हो । गत वर्ष कम्पनीले १० लाख १७ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो ।

कम्पनीको खुद ब्याज आम्दानी ३६.०५ प्रतिशतले बढेर ५ करोड ९९ लाख ४६ हजार रुपैयाँ पुगेको छ । गत वर्ष ४ करोड ४० लाख ६१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

यस्तै, एनएमबिको सञ्चालन नाफा पनि १४७२.७० प्रतिशतले बढेर २ करोड ३७ लाख ९५ हजार रुपैयाँ पुगेको छ । गत वर्ष १५ लाख १३ हजार रुपैयाँ मात्र सञ्चालन नाफा आर्जन गरेको थियो ।

कम्पनीको सञ्चालन नाफा ह्वात्तै पढेपछि खुद नाफा पनि चुलिएको हो । एनएमबिले यस त्रैमास सम्ममा १ अर्ब १८ करोड ५ लाख ४० हजार रुपैयाँ निक्षेप संकलन गरी ३ अर्ब १८ करोड १९ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

खराब कर्जा पनि २.७२ प्रतिशतबाट घटेर २.२७ प्रतिशतमा आएको छ । चुक्ता पुँजी १६ करोड २० लाख ६ हजार रुपैयाँ रहेको यस लघुवित्तको जगेडा कोषमा १६ करोड २६ लाख ४१ हजार रुपैयाँ छ ।

चुक्ता पुँजीको आधारमा यो जगेडा कोषलाई आकर्षक मान्न सकिन्छ । प्रतिसेयर आम्दानी ३७ रुपैयाँ ७४ पैसा रहेको एनएमबिको प्रतिसेयर नेटवर्थ २०० रुपैयाँ ३९ पैसा छ ।

यता, एनएमबि १५० प्रतिशत हकप्रद ल्याउने तयारीमा छ । बोर्डले एनएमबिलाई १ः१.५ अनुपातमा २४ लाख ३० हजार ९३ कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति दिएको हो ।

यसमा बिक्री प्रबन्धकको काम सनराइज क्यापिटलले गर्नेछ । इक्रा नेपालले यस हकप्रदलाई औसत भन्दा कम आधार जनाउने ग्रेड ४ रेटिङ प्रदान गरेको छ । हकप्रद निष्कासनपछि भने यसको पुँजी ४० करोड ५० लाख भन्दा धेरै हुनेछ ।

२०७६ कात्तिक ०४ गते प्रकाशित

वि.सं.२०७६ कात्तिक ४ सोमवार १०:३५ मा प्रकाशित

You can share this post!

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:५४

नयाँ दिल्ली, २१ वैशाख वेबसाइटले डिजिटल युगमा कम्पनी वा संस्थाको...

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:४५

चैनपुर, (बझाङ) २१ वैशाख : बझाङमा गत सातादेखि सामुदायिक वनहरूमा...

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:३९

काठमाडौं । नेपाल एसबिआई बैंकले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा रहेको...

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:२९

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ...

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १७:२३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेटमा...