back
NMB ad

कात्तिक र मंसिरमा शाखा अधिकृतको विज्ञापन गर्ने, कुन पदमा कति संख्या माग ?

Kumari bank ad

काठमाडौँ । लोक सेवा आयोगले नियमित बार्षिक कार्य तालिका अनुसार नै शाखा अधिकृत (राजपत्राङ्कित तृतीय श्रेणी) प्राधिक र अप्राविधिक पदहरूमा विज्ञापन गर्ने भएको छ ।

दुई वर्षदेखि अवरुद्ध हुँदै आएको कर्मचारी भर्ना प्रक्रियालाई खुलाउँदै आयोगले असोज २९(अन्तिम बुधबार) सहसचिव र उपसचिवको विज्ञापन गरे सँगै अब कार्तिक र मङ्सिर अन्तिम बुधवार शाखा अधिकृतको विज्ञापन प्रकाशन हुने भएको हो ।

आयोगको पदपूर्ति सम्बन्धी वार्षिक कार्य तालिका अनुसार प्राविधिक शाखा अधिकृत, स्वास्थ्य सेवाका आठौँ र सातौँ तहका पदहरूको कार्तिक अन्तिम बुधवार र अप्राविधिक पदहरूका लागि मङ्सिर अन्तिम बुधवार विज्ञापनरसूचना प्रकाशित हुने छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार तिहार लगत्तै मन्त्रालयहरूसँग रिक्त रहेका दरबन्दी माग तथा छलफललाई तीव्रता दिइनेछ ।

तिहार लगत्तै माग सङ्कलनमा गरेर कुन कुन निकायमा के कति दरबन्दी आवश्यक छन् भन्ने बारे मन्त्रालयगत छलफल गरी नियमित कार्यतालिकाअनुशार नै विज्ञापन हुने गरी लोक सेवा आयोगमा पठाउँने मन्त्रालयको तयारी छ ।

स्रोतका अनुसार विभिन्न श्रेणी तथा तहका गरी झण्डै पाँच सयदेखि आठ सयको सङ्ख्यामा शाखा अधिकृतको विज्ञापन हुँदैछ ।

२०७६ कात्तिक ०५ गते प्रकाशित

वि.सं.२०७६ कात्तिक ५ मंगलवार ०८:०८ मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...