back
NMB ad

कति बढ्यो पशुपतिमा शव जलाउँदा लाग्ने शुल्क ? (सूचि सहित)

Kumari bank ad

काठमाडौं । पारिश्रमिक बढाउनुपर्ने लगायतका माग राख्दै आन्दोलनमा उत्रिएका पशुपतिस्थित घाट सेवा केन्द्रका कामदारहरुको माग सम्बोधन भएको छ ।

कामदारको पारिश्रमिक बढाउने पशुपति क्षेत्र विकास कोषले निर्णय गरेसँगै उनीहरुको माग सम्बोधन भएको हो । कामदारहरुले बुधबार माग पूरा नभएसम्म अनिश्चित रुपमा शवदाह गर्ने, दाउरा बोक्ने, खाडल खन्ने जस्ता कामहरु बन्द गरिएको घोषणा गरेका थिए । लगत्तै कोषले उनीहरुको माग सम्बोधन गर्दै पारिश्रमिक बढाउने निर्णय गरेको हो ।

कोषका सदस्यसचिव डा प्रदीप ढकालका अनुसार शवदाह सेवा शुल्क रु १२०० बाट बढाएर १५०० बनाइएको छ । त्यसैगरी, १० वर्षसम्मको बच्चाको शबदाह शुल्क ७०० बाट ९०० पुगेको छ । १० वर्षभन्दा माथिका दशनामी, गिरी, पुरी भारतीको खाडल खनेको १२०० बाट २५ प्रतिशत बढेर १५०० पुगेको छ ।

त्यस्तै, दाउरा परिवहन तथा चिता निर्माण ४०० बाट बढाएर ६०० बनाइएको ढकालले जानकारी दिए । चपरी खनेवापत दिइँदै आएको रकम पनि ३०० बढाएर ४०० पुर्याइएको ढकालले जानकारी दिए ।

यसैगरी काठमाडौँ महानगरपालिका ७,८,९ भित्रबाट शब बोकेको शुल्क १५०० तोकिएको छ भने ५ किलोमिटरभन्दा बाहिरबाट शव बोकेको २ हजार र शब वाहनमा सहयोग गरेको १५ सय निर्धारण गरिएको छ ।

सो शुल्कमा १० प्रतिशत सेवा सुविधा थप गरिने व्यवस्था समेत गएिएको छ । कामदारहरुको औषधि उपचार खर्च ५ हजार बाट बढाएर १५ हजार बनाइनुका साथै अस्पताल खर्चवापत दिइँदै आएको २० हजारलाई बढाएर ३० हजार बनाइएको छ । यस्तै अवकाशपछि ५० हजार दिने व्यवस्था पनि गरिएको छ ।

२०७६ कात्तिक ०६ गते प्रकाशित

वि.सं.२०७६ कात्तिक ६ बुधवार १३:३० मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...