back
NMB ad

अधिकृत पदको लागि विज्ञापन खुला

Kumari bank ad

काठमाडौं । नेपालको एक मात्रै पुनर्बीमा कम्पनीले प्रमुख कार्यकारी अधिकृत पदको लागि विज्ञापन खुला गरेको छ । कम्पनीले खुला प्रतिस्पर्धाबाट प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्ने भएको हो ।

आवदेन दिन कम्तिमा पनि तोकिएका विषयमा स्नातकोत्तर गरि ८ वर्षको कार्यानुभव हुनु पर्नेछ । तोकिएका विषयमा स्नातक गरेकाहरुको हकमा तोकिएका कार्यक्षेत्रमा १३ वर्षको कार्यानुभव हुनु पर्नेछ ।

उमेर ६५ वर्ष पुरा नभएको हुनु पर्ने कम्पनीले जनाएको छ । योग्यता पुगेका निवेदकले आफ्नो व्यवसायिक योजनासहित आवेदन दिनु पर्ने छ । निवेदनका साथ नेपाल पुनर्बीमा कम्पनी सम्बन्धी ५ हजार शब्द नबढ्ने गरि व्यवसायिक योजना प्रस्तुत गर्नु पर्ने छ ।

व्यवसायिक योजना बनाउँदा बीमा तथा पुनर्बीमा क्षेत्रको अन्तर्रा्ष्ट्रिय तथा राष्ट्रिय परिदृश्य, व्यवसायिक कार्ययोजना, प्रक्षेपित वित्तीय विवरणहरु खुलाउनु पर्नेछ ।

आवदेन दिनेमध्ये उत्कृष्ट ५ जनालाई छनौंट गरि अन्तर्वार्ताको लागि बोलाउने कम्पनीले जनाएको छ। अबको २१ दिन भित्रमा निवेदन दिन सकिनेछ ।

गत असार मसान्तदेखि प्रमुख कार्यकारी अधिकृत पद खाली छ। चिरायु भण्डारीको कार्यकाल सकिएपछि हाल निमित्त प्रमुख कार्यकारी अधिकृत पदमा रहेर दामोदर भण्डारीले प्रमुखको जिम्मेवारी बहन गर्दै आएका छन ।

कम्पनीले सार्वजनिक गरेको अघिल्लो आर्थिक वर्षको लेखापरिक्षण प्रतिवेदन अनुसार प्रमुख कार्यकारी अधिकृतले वार्षिक ३१ लाख ९३ हजार तलव लिएका थिए ।

२०७६ कात्तिक ०७ गते प्रकाशित

वि.सं.२०७६ कात्तिक ७ बिहीवार १०:०६ मा प्रकाशित

You can share this post!

मुग्लिन पोखरा सडक: पूर्वी खण्डमा ५६, पश्चिम खण्डमा २३ प्रतिशत प्रगति   

मुग्लिन पोखरा सडक: पूर्वी खण्डमा ५६, पश्चिम खण्डमा २३ प्रतिशत प्रगति   

वि.सं.२०८१ वैशाख १६ आइतवार ०६:३७

दमौली : मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत पूर्वीखण्डमा ५६ र...

एक सय ५१ परियोजना प्रस्तुतीका साथ तेस्रो लगानी सम्मेलन आज प्रारम्भ हुँदै   

एक सय ५१ परियोजना प्रस्तुतीका साथ तेस्रो लगानी सम्मेलन आज प्रारम्भ हुँदै   

वि.सं.२०८१ वैशाख १६ आइतवार ०६:३०

काठमाडौँ, १६ वैशाख: मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १६ आइतवार ०६:२५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...