काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विक्री नभएको अवितरित हकप्रद शेयर कात्तिक २४ गतेदेखि मङसिर १ गतेसम्म विक्री गर्ने भएको छ ।
कम्पनीले संस्थापक तर्फको २७ हजार ३८९ दशमलव २ कित्ता र सर्वसाधारण तर्फको २ लाख ८१ हजार ९१२ दशमलव ८ कित्ता शेयर लिलामी विक्री गर्न लागेको हो ।
कम्पनीले विक्री भएजति शेयर कात्तिक ६ गते बाँडफाँट गरेको थियो । कम्पनीले साउन २८ गतेसम्म कायम शेयरधनीहरुका लागि १० बराबर ७ को अनुपातमा ८८ लाख ७४ हजार ०९६ कित्ता हकप्रद शेयर रितपूर्वक आवेदन दिने शेयरधनीहरुलाई वितरण गरेको हो ।
कम्पनीको लिलामी शेयरमा आवेदन दिन न्यूनतम १०० कित्ता र अधिकतममा संस्थापक तर्फ सम्पूर्ण कित्ताको लागि र सर्वसाधारणमा ५० हजार कित्ता सम्म आवेदन दिन सकिन्छ ।
आवेदकहरुले आवेदन दिंदा हाल कायम रहेको शेयर समेत गरी बमिा समितिल तोकेको अधिकतम सिमासम्म मात्र आवेदन दिन सकिन्छ ।
१० लाखसम्म आवेदन दिने आवेदकले स्वेच्छिक र सोभ भन्दा बढी रकमको आवेदन दिँदा अनिर्वाय रुपमा फारममा स्थायी लेखा नम्बर प्यान उल्लेख गनुपर्ने छ ।
साथै संस्थापक शेयरको लागि आवेदन दिने साविकका संस्थापक शेयरधनीहरुले आवेदन गरेको रकमको आयस्रोत खुल्ने कागजानसमेत पेश गनुपर्ने हुन्छ ।
कम्पनीले प्रतिशेयरको मूल्य रू.१००तोकेको हुँदा सोभन्दा बढीको मूल्य अंकित गरी बोलकबोल गनुपर्ने छ । यस हकप्रद विक्री प्रबन्धकको जिम्बेवारी एनआईसी एशिया क्यापिटलले लिएको छ ।
२०७६ कात्तिक ०९ गते प्रकाशित
वि.सं.२०७६ कात्तिक ९ शनिवार १४:५८ मा प्रकाशित