back
NMB ad

मर्जरको प्रक्रियामा रहेका ग्लोबल र जनता बैंकले डाके साधारणसभा, स्वाप रेसियो १००:८५

Kumari bank ad

काठमाडौं । मर्जरको प्रक्रियामा रहेका ग्लोबल र जनता बैंकले साधारणसभा डाकेका छन । दुबैले साधारणसभामा संयुक्त मर्जर समितिले तय गरेको स्वाप रेसियोको प्रस्ताव पेस गर्ने भएका छन ।

मर्जर समितिले ग्लोबल आइएमईको १०० कित्ता बराबर जनताको ८५ कित्ता हुने गरी स्वाप रेसियो तय गरेका हुन । दुबै बैंकले मंसिर २ गते छुट्टाछुट्टै साधारणसभा डाकेका छन ।

ग्लोबल आइएमईले गत आर्थिक वर्षको नाफाबाट १२.७५ प्रतिशत नगद लाभांस र १२.७५ प्रतिशत नै बोनस शेयर दिने प्रस्ताव साधारणसभा पेस गर्ने भएको छ ।

त्यस्तै जनताले ६ प्रतिशत नगद लाभांस र ६ प्रतिशत नै बोनस शेयर दिने प्रस्ताव साधारणसभामा पेस गर्ने छ । जनता र ग्लोबल आइएमई एक आपसमा गाभ्ने गाभिने संझौता भए सँगै असार २२ गतेदेखि दोस्रो बजारमा कारोबार बन्द छ ।

कात्तिक २० देखि २८ गतेसम्म बैंकको शेयर रजिष्ट्रार ग्लोबल आइएमई क्यापिटलमा दर्ता हुनेले लाभांस र मतदानको अधिकार प्राप्त गर्न सक्ने ग्लोबलले जनाएको छ ।

ग्लोबलले १५ अर्ब रुपैयाँको अधिकृत पूँजी बृद्धि गरि २५ अर्ब रुपैयाँ कायम गर्ने विशेष प्रस्ताव साधारणसभामा पेश गर्नेछ । ग्लोबलको बोनस शेयरपछि चुक्ता पूँजी ११ अर्ब ६२ करोड रुपैयाँ र जनताको ८ अर्ब ४८ करोड रुपैयाँ पुग्नेछ। मर्जरपछि भने २० अर्ब १० करोड रुपैयाँ पुग्नेछ ।

२०७६ कात्तिक १४ गते प्रकाशित

वि.सं.२०७६ कात्तिक १४ बिहीवार १०:१० मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...