काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको सचिवालयको बैठकले उप–निर्वाचनका उम्मेदवारको टुंगो आज लगाउने सकेन ।
प्रधानमन्त्री केपी शर्मा ओलीको निवास बालुवाटारमा बसेको बैठकपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले भन्नुभयो, ‘आज समय अभावका कारण उम्मेदवारको चयन हुन सकेन ।
भोलि पुनः बैठक बसेर उम्मेदवार छनोट हुनेछ ।’ आजको बैठकले तल्ला कमिटिले पठाएका नामहरुको प्रारम्भिक अध्ययन मात्रै गरेको प्रवक्ता श्रेष्ठले जानकारी गराउनुभयो ।
उहाँले भन्नुभयो, ’कहीँबाट १ जनाको मात्रै सिफारिस परेको छ । कहीँ तीन जनाको सिफारिस आएको छ । केही ठाँउबाट त्यो भन्दा बढी पनि नाम आएको छ ।’
२०७६ कात्तिक १६ गते प्रकाशित
वि.सं.२०७६ कात्तिक १६ शनिवार १४:१० मा प्रकाशित