back

नविल बैंकले दिनभयो सेयरधनीलाई ३४% लाभांश, नगद र बोनस कति ?

Nepal Bank

काठमाडौं । नविल बैंकले सेयरधनीलाई ३४ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंकको आज (आइतबार) बसेको ५२२औं बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको २२ प्रतिशत नगद लाभांश र १२ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो ।

हाल बैंकको चुक्ता पुँजी ९ अर्ब ४८ लाख रुपैयाँ छ । सञ्चालक समितिको यो निर्णय नियामक नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले लाभांश पाउने छन ।

बैंकले प्रदान गर्ने नगद लाभांश प्रतिसेयर २२ रुपैयाँ हो । गत वर्षपनि बैंकले १२ प्रतिशत बोनस सेयर र २२ प्रतिशत नगद लाभांश गरी ३४ प्रतिशत लाभांश दिएको थियो ।

गत वर्ष मंसिर १७ गते लाभांशको घोषणा गरेको नविलले यो वर्ष ठीक एक महिना अघि अर्थात कात्तिक १७ गते लाभांशको घोषणा गरेकोछ ।

नविल बैंक सबैभन्दा धेरै नाफा कमाउने निजी क्षेत्रको वाणिज्य बैंक हो । नविल बैंकले गत वर्ष ४ अर्ब २९ करोड नाफा कमाएको थियो । बैंकले सो अवधिमा कमाएको नाफा अघिल्लो वर्षको तुलनामा करिब ८ प्रतिशतले बढी हो ।

 

वि.सं.२०७६ कात्तिक १७ आइतवार ११:४९ मा प्रकाशित

You can share this post!

पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडक खुल्यो   

पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडक खुल्यो   

वि.सं.२०८२ असार ३ मंगलवार २१:२६

भरतपुर (चितवन) : पहिरोले अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडक खण्ड पुनः...

रवीन्द्र मिश्रलाई तीन लाख धरौटीमा रिहा गर्न आदेश

रवीन्द्र मिश्रलाई तीन लाख धरौटीमा रिहा गर्न आदेश

वि.सं.२०८२ असार ३ मंगलवार १८:४९

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र...

भारतद्वारा नागरिकहरूलाई तेहरान छोड्न चेतावनी जारी   

भारतद्वारा नागरिकहरूलाई तेहरान छोड्न चेतावनी जारी   

वि.सं.२०८२ असार ३ मंगलवार १८:४२

नयाँदिल्ली :   भारतले मङ्गलबार आफ्ना नागरिकहरूलाई तेहरान छोड्न आग्रह गरेको...

सिटिजन्स बैंकका ग्राहकलाई टिका रिर्सोटमा २० प्रतिशत छुट

सिटिजन्स बैंकका ग्राहकलाई टिका रिर्सोटमा २० प्रतिशत छुट

वि.सं.२०८२ असार ३ मंगलवार १८:२४

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र पोखराको लेकसाइडस्थित टिका...

संस्थापक सेयर विक्रि गर्दै प्रभु बैक र छिमेक लघुवित्त

संस्थापक सेयर विक्रि गर्दै प्रभु बैक र छिमेक लघुवित्त

वि.सं.२०८२ असार ३ मंगलवार १८:१६

काठमाडौं । प्रभु बैंक लिमिटेड र छिमेक लघुवित्त वित्तीय संस्था...

सुक्खाबन्दरगाहबाट ४५ अर्ब ६१ करोड राजस्व सङ्कलन   

सुक्खाबन्दरगाहबाट ४५ अर्ब ६१ करोड राजस्व सङ्कलन   

वि.सं.२०८२ असार ३ मंगलवार १६:४१

वीरगञ्ज (पर्सा) : सिर्सियास्थित वीरगञ्ज सुक्खाबन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक...