back
NMB ad

शिव श्री हाइड्रोपावरमा करिब १० करोड रुपैयाँको आवेदन

Kumari bank ad

काठमाडौँ । शिव श्री हाइड्रोपावर कम्पनीले निष्कासन गरेको प्राथमिक शेयरमा करिब १० करोड रुपैयाँको आवेदन परेको छ ।
सर्वसाधारणले ९ करोड पाँच लाख १६ हजार रुपैयाँ बराबरको नौ लाख पाँच हजार १६० कित्ता शेयरको लागि आवेदन हालेको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ ।

१७ हजार आठ सय ४९ आवेदकबाट उक्त रकम बराबरको आवेदन परेको हो। कम्पनीले सर्वसाधारणको लागि ३३ करोड ५१ लाख रुपैयाँको प्राथमिक शेयर निष्कासन गरेको थियो ।

स्थानीय प्रभावितले खरिद नगरेको ११ लाख ३६ हजार कित्ता शेयर समेत सर्वसाधारणलाई बिक्री खुला गरेको हो। असोज १६ गतेदेखि निष्कासन गरिएको उक्त शेयरमा आवेदन दिने म्याद गत कार्तिक १५ गते सकिएको हो ।

तोकिएको अवधि र म्याद थप गर्दा समेत शेयर बिक्री नभएपछि अब अन्डर राइटरले उक्त शेयर सकार्नु पर्ने भएको छ । बिक्री नभएको शेयर दुई अन्डरराटर विभोर क्यापिटल र सिबिआईएल क्यापिटलले सकार्ने छन्। जसमा ५०र५० प्रतिशतका दरले दुई क्यापिटलको भागमा उक्त शेयर पर्ने छ ।

रुजु नभएको प्रारम्भिक तथ्याङ्क अनुसार दुई अन्डरराईटरले २४ लाख ४५ हजार कित्ता सकार्नु पर्ने छ । कम्पनीका अनुसार १२ लाख २२ हजार कित्ताको दरले शेयर भागमा पर्ने छ ।

कम्पनीले सिन्धुपाल्चोक जिल्लामा २२.२ मेगावाट क्षमताको अपर चाकु ए जलविद्युत आयोजना निर्माण गरेको छ । आयोजनाको निर्माण कार्य ९६ प्रतिशत सकिएकोले अन्तिम चरणको निर्माण कार्य भइरहेको कम्पनीले जनाएको छ ।

आयोजना निर्माणको लागि सुरुवातमा तीन अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएकोमा भूकम्प र जुरेपहिरोको कारणले आयोजना निर्माण कार्य ढिला हुँदा ४ अर्व ५९ करोड रुपैयाँ पुगेको छ । प्रति मेगावाट लागत १३ करोड ६० लाख रुपैयाँबाट बढेर २० करोड ७० लाख रुपैयाँ पुगेको हो ।

कम्पनीको साधारण लगानी फिर्ता हुने अवधि झन्डै ८ वर्ष रहेको छ भने डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि १६ वर्ष रहेको छ । कम्पनीले आयोजना निर्माणको लागि ऋणबाट ६४ प्रतिशत र शेयर पूँजीबाट ३६ प्रतिशत सङ्कलन गर्नेछ ।

२०७६ कात्तिक १७ गते प्रकाशित

वि.सं.२०७६ कात्तिक १७ आइतवार १३:४५ मा प्रकाशित

You can share this post!

जापानमा आर्थिक वर्ष २०२३ मा रोजगारीको उपलब्धता घट्यो   

जापानमा आर्थिक वर्ष २०२३ मा रोजगारीको उपलब्धता घट्यो   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:०५

टोकियो, १८ वैशाख : जापानको रोजगार उपलब्धता अनुपात आर्थिक वर्ष...

बाल पोषण भत्ता र दिवा खाजा कार्यक्रम विस्तार गर्न सरकार प्रतिबद्ध छ: मन्त्री चौधरी

बाल पोषण भत्ता र दिवा खाजा कार्यक्रम विस्तार गर्न सरकार प्रतिबद्ध छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १८ मंगलवार १६:५८

काठमाडौँ, १८ वैशाख : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती...

डढेलो निभाउने क्रममा घाइते भएका एकजनाको मृत्यु   

डढेलो निभाउने क्रममा घाइते भएका एकजनाको मृत्यु   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १६:५५

पाटन (ललितपुर), १८ वैशाख : ललितपुरको गोदावरी नगरपालिका–४ बडिखेलस्थित तपेश्वर...

एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन

एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन

वि.सं.२०८१ वैशाख १८ मंगलवार १६:४८

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले मायादेवी गाउँपालिका वडा नं. १,...

तेस्रो चौमासिकमा शिक्षा मन्त्रालयको पूँजीगत खर्च शून्य   

तेस्रो चौमासिकमा शिक्षा मन्त्रालयको पूँजीगत खर्च शून्य   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १६:४०

काठमाडौँ, १८ वैशाख : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको चालु...

नेपाल टेलिकमको ‘आइसिटी डे अफर’ उपलब्ध, के–के छन् सुविधा ?

नेपाल टेलिकमको ‘आइसिटी डे अफर’ उपलब्ध, के–के छन् सुविधा ?

वि.सं.२०८१ वैशाख १८ मंगलवार १६:३४

काठमाडौं । ‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ भन्ने...