back
NMB ad

लगानीकर्ता सहजीकरण केन्द्र संचालनमा, यस्ता छन सुविधा

Kumari bank ad

काठमाडौं । उद्योगी तथा लगानीकर्तालाई थप सेवा सुविधा दिन उद्योग विभागले लगानीकर्ता सहजीकरण केन्द्र (इन्भेस्टर्स फ्यासिलिटेसन सेन्टर) सञ्चालनमा ल्याएको छ ।

लगानीकर्तालाई उद्योगदर्ता सम्बन्धी जानकारी लिन सहज होस् भन्ने उद्देश्यले लगानीकर्ता सहजीकरण केन्द्र सञ्चालनमा ल्याइएको हो ।

विशेषगरि विदेशी लगानीकर्ता कहाँ गएर सोधपुछ गर्ने भन्ने कुरामा अल्मलिन्छन । त्यस्ता लगानीकर्ताका लागि सो केन्द्र स्थापना गरिएको विभागका महानिर्देशक जीवनप्रकाश सिटौलाले जानकारी दिए ।

उनकाअनुसार उक्त केन्द्र सुविधा सम्पन्नको हुनेछ । केन्द्रमा लगानीकर्तालाई उद्योग दर्ता सम्बन्धमा बुझाउन कर्मचारी राखिने छ ।

‘सो केन्द्रमा लगानीकर्ताका लागि ल्यापटप, इन्टरनेट सबैको व्यवस्था हुनेछ’, उनले भने, ‘ लगानीकर्ताको सहजका लागि हामीले उद्योगदर्ता देखि लगानी फिर्तासम्मका प्रक्रियाबारे टिभी स्क्रिनमा देखाउने व्यवस्था गर्न लागेका छौँ ।’

उनका अनुसार सो टिभी स्क्रिन जडान भएपछि त्यहीँबाट लगानीकर्ताले उद्योग दर्तादेखि लगानी झिक्दासम्मको जानकारी पाउनेछन ।

सो केन्द्रमार्फत लगानीकर्ताले उद्योग दर्ता प्रक्रिया, वैदेशिक लगानी, भिसा सिफारिस लगायत विभिन्न सुविधा तथा सहुलियतका विषयमा जानकारी पाउनेछन ।

लगानीकर्तालाई लगानी गर्न सहज वातावरण दिएमा नेपालको विदेशी लगानी सम्बन्धमा सकारात्मक सन्देश जाने विभागको विश्वास छ ।

केही समयअघि विभागले उद्योग सहजीकरणका लागि उद्योगी तथा लगानीकर्तालाई एकैथलोबाट लगानी गर्न सकिने गरी एकल बिन्दु सेवा सञ्चालनमा ल्याएको थियो ।

२०७६ कात्तिक १७ गते प्रकाशित

वि.सं.२०७६ कात्तिक १७ आइतवार १५:५८ मा प्रकाशित

You can share this post!

नेपाल वेयरहाउजिङ्ग कम्पनीको स्वतन्त्र सञ्चालकमा सदिक्षा श्रेष्ठ नियुक्त

नेपाल वेयरहाउजिङ्ग कम्पनीको स्वतन्त्र सञ्चालकमा सदिक्षा श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १७:०६

काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेडको रिक्त रहेको स्वतन्त्र सञ्चालक...

महानरपालिकाको श्रम बैंकबाट चार सयभन्दा बढी रोजगार   

महानरपालिकाको श्रम बैंकबाट चार सयभन्दा बढी रोजगार   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १७:०१

काठमाडौँ, २१ वैशाख : काठमाडौँ महानगरपालिकाले खोलेको श्रम बैंकमार्फत चार...

दुबईमा पुनः भारी वर्षा, उडानहरू रद्द, विद्यालय तथा कार्यालय बन्द   

दुबईमा पुनः भारी वर्षा, उडानहरू रद्द, विद्यालय तथा कार्यालय बन्द   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १६:५७

अबुधाबी (युएई), २१ वैशाख : संयुक्त अरब इमिरेट्स (युएई) ले...

वायु प्रदुषण बढेकाले सावधानी अपनाउन अपिल   

वायु प्रदुषण बढेकाले सावधानी अपनाउन अपिल   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १६:५०

काठमाडौँ, २१ वैशाख : वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागले...

बैशाख २४ गते सार्वजनिक विदा

बैशाख २४ गते सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १५:१७

काठमाडौं । बागमति प्रदेश सरकारले बैशाख २४ गते सार्वजनिक विदा...

एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर   

एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १४:१३

काठमाडौँ, २१ वैशाखः काठमाडौँ महानगरपालिकाले आगामी जेठ १ गतेदेखि एक...