back
NMB ad

यी हुन प्रदेश प्रमुखमा आकांक्षी (नामसहित)

Kumari bank ad

काठमाडौं । प्रमुख सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठकमा आइतबार विभिन्न व्यक्तिका नाममा छलफल भएको छ ।

प्रदेश प्रमुखको नाम टुंगो लगाउन आज नेकपाको सचिवालय बैठक बस्दै छ । नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावमा आइतबार नै नाम टुंगो लगाउने तयारी थियो ।

ओली र प्रचण्डले सोमनाथ प्यासी, तिलक परियार, धर्मनाथ यादवलगायतको नाम प्रदेश प्रमुखका लागि बैठकमा प्रस्ताव गरेका थिए ।

त्यस्तै शर्मिला त्रिपाठी, अमिक शेरचन, खेमराज भट्ट मायालु, केशव बडाल, अमृतकुमार बोहरा, महेन्द्रबहादुर पाण्डेको नाम पनि सचिवालय बैठकमा प्रस्तुत भएको स्रोतले जनाएको छ ।

प्यासी, परियार र यादवको नाममा भने लगभग सहमति भैसकेको स्रोतको दावी छ । आज बस्ने सचिवालय बैठकले नाम टुंगो लगाएपछि मन्त्रिपरिषद् बैठक बसेर नियुक्तीका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सरकारले सिफारिस गर्ने एक सचिवालय सदस्यले जानकारी दिए ।

नेताहरुले नाम थप्ने क्रम चलिरहेकाले आज बस्ने बैठकले ७ जनाको नाम टुंगो लगाउने एक सचिवालय सदस्यले जानकारी दिए ।

वि.सं.२०७६ कात्तिक १८ सोमवार ०९:५८ मा प्रकाशित

You can share this post!

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...