काठमाडौं । जिल्ला अदालत काठमाडौंले प्रतिनिधिसभाका निवर्तमान सभामुख तथा सांसद कृष्णबहादुर महरालाई पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको छ ।
थुनछेक बहस सकिलगत्तै उनलाई डिल्लीबजार कारागार चलान गर्न अदालतले आदेश दिएको छ ।जिल्ला न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले प्राप्त प्रमाणका आधारमा महरालाई थुनामै राखेर अनुसन्धान गर्नुपर्ने भएको भन्दै पुर्पक्षमै पठाउने आदेश दिएको छ ।
२०७६ कात्तिक १८ गते प्रकाशित
वि.सं.२०७६ कात्तिक १८ सोमवार १६:५८ मा प्रकाशित