काठमाडौं । आउँदो सोमवार अर्थात कात्तिक २५ का दिन सार्वजनिक विदा दिइएको छ । इलामका तीन स्थानीय तहले सार्वजनिक विदा दिएका हुन ।
इलामको फाकफोकथुम, माङ्सेबुङ गाउँपालिका र माई नगरपालिकाले कात्तिक २५ गते सार्वजनिक विदा दिएका हुन । किराँत धर्मावलम्बीहरुका महागुरु राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १३५ औँ जन्मजयन्तीको अवसर मा कात्तिक २५ गते सार्वजनिक विदा दिने निर्णय गरेको सुचनामा उल्लेख छ ।
किराँत धर्मावलम्बिकै धर्मगुरु मानिनेआत्मानन्द लिङ्देनको जन्मोत्सवको अवसरमा मङ्सिर १८ गते गाउँपालिकामा सार्वजनिक विदा दिने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ ।
२०७६ कात्तिक २२ गते प्रकाशित
वि.सं.२०७६ कात्तिक २२ शुक्रवार १४:२७ मा प्रकाशित