काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दुईवटा जहाज ठोक्किएका छन । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल कार्यालयका अनुसार, श्री एयरलाइन्स र यति एयरलाइन्सको जहाज पार्किङ–वेमा ठोक्किएका हुन ।
श्री एयरलाइन्सको जहाजले यतीको जहाजलाई ठक्कर दिएको विमानस्थल कार्यालयले जनाएको छ ।विमानस्थल कार्यालयका प्रवक्ता प्रतापबाबु तिवारीका अनुसार श्री एयरलाइन्सको सीआरजे ७०० र यती एयरलाइन्सको एटीआर ७२ जहाज एक–आपसमा ठोकिँएका हुन ।
‘दुवै जहाजमा समान्य क्षति भएको छ । विमानस्थ्लको उडान र अवतरणमा केही समस्या आएको छैन,’ उनले भने ।
२०७६ कात्तिक २२ गते प्रकाशित
वि.सं.२०७६ कात्तिक २२ शुक्रवार १४:५९ मा प्रकाशित