back
NMB ad

सहकारी संस्थाका लागि वित्तीय प्रतिवेदन प्रारुप लागू, नयाँ विधि सहित हेर्नुहोस् पूर्णपाठ

Kumari bank ad

काठमाडौं । सरकारले सहकारी संस्थाको वित्तीय विवरणको प्रस्तुति, लेखा पद्धति, तथा अन्य विवरणहरुको एकरुपताका लागि ‘सहकारी संस्थाका लागि वित्तीय प्रतिवेदन प्रारुप’ लागू गरेको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले कात्तिक १८ गते उक्त प्रारुप स्वीकृत गरेपछि सबै सहकारी संस्थामा वित्तीय विवरण र लेखासम्बन्धी प्रारुप कार्यान्वयनमा आएको हो ।

प्रारुपको मुख्य विशेषता नै सबै खालका सहकारी संस्थाका लागि लेखा नीति निर्धारण गर्नु रहेको मन्त्रालयले बताएको छ ।
यसले सहकारी संस्थाको वित्तीय विवरणको प्रस्तुतीकरणलाई पनि जोड दिएको छ ।

सहकारी संस्थाको पछिल्ला वर्षको वित्तीय विवरणबीच तथा अन्य सहकारीको वित्तीय विवरणसँगको तुलनात्मकताको लागि वित्तीय विवरणको प्रस्तुतीकरणको आधार प्रदान गर्न सहयोग गर्ने अपेक्षा गरिएको छ ।

यो प्रारुपले वित्तीय विवरणको प्रस्तुतीकरणका लागि सम्पूर्ण तत्वहरु, यसको ढाँचाको लागि निर्दे्शिका र यसको विषयवस्तुका लागि न्यूनतम आवश्यकता तोक्दछ ।

अब हरेक सहकारी संस्थाले हरेक वर्ष यस्तो पूर्ण वित्तीय विवरण तयार पार्नुपर्ने भएको छ । सहकारी संस्थाले यो प्रारुपमा भएको सम्पूर्ण व्यवस्था पालना नगरेसम्म उक्त वित्तीय विवरणलाई नेपाल सहकारी वित्तीय प्रतिवेदन प्रारुपको पालना भएको मानिनेछैन भनि प्रतिवेन प्रारुपमै उल्लेख गरिएको छ ।

अबदेखि वित्तीय विवरणको पूर्णप्रति भित्र उक्त सहकारीको वित्तीय स्थितिको विवरण, कार्य संचालनको विवरण, संस्थाको इक्विटीमा आउने परिवर्तनको विवरण, नगद प्रवाहको विवरण, महत्वपूर्ण लेखा नीति र अन्य व्याख्यात्मक जानकारीका सारांशलाई समावेश गर्ने लेखा टिप्पणी अनिवार्य रुपमा खुलाउनुपर्नेछ ।

सहकारीको वित्तीय स्थिति विवरणमा समावेश गरिने जानकारी तथा तिनको प्रस्तुतीकरणको तरिका तय गर्नु पनि यो प्रारुपको उद्देश्य हो ।

संस्थाको स्थिति विवरणपत्रमा सम्पत्तिसँग सम्बन्धित नगद, बैंक मौज्दात, लगानी, ऋण लगानी, अन्य चालु सम्पत्ति, स्थिर सम्पत्ति र अन्य दिर्घकालिन सम्पत्तिहरुको विवरण अनिवार्य रुपमा खुलाउनुपर्नेछ ।

त्यस्तै दायित्वसँग सम्बन्धित शेयर, कोष, बचत, निक्षेप, पुँजीगत अनुदान, चालु दायित्व र दीर्घकालिन दायित्व लगायतका विवरणहरु खुलाउनु पर्नेछ ।

हेर्नुहोस् पूर्णपाठ

[pdf-embedder url=”http://www.arthatantra.com/wp-content/uploads/2019/11/Approved-Charts-of-Account-Final-Copy-2076-7-21.pdf”]

२०७६ कात्तिक २५ गते प्रकाशित

वि.सं.२०७६ कात्तिक २५ सोमवार ११:५३ मा प्रकाशित

You can share this post!

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३९

काठमाडौँ, १८ वैशाख : नेपाल चेम्बर अफ कमर्सले श्रमिक वर्गको...

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३५

काठमाडौँ, १८ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष...

सप्तरीको चिम्टीमा भीषण आगलागी, एक सय बढी घर जलेर नष्ट   

सप्तरीको चिम्टीमा भीषण आगलागी, एक सय बढी घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३०

राजविराज (सप्तरी), १८ वैशाख : सप्तरीको महादेवा गाउँपालिकामा आज भीषण...

अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु : अध्यक्ष ओली   

अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु : अध्यक्ष ओली   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:२६

फिक्कल (इलाम), १८ वैशाख : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का...

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:५४

काठमाडौँ, १८ वैशाख : सांसदहरुले आगामी आर्थिक वर्षको बजेट खेल...

नागरिक लगानी कोषले सुपर खुदीको शेयर प्रत्याभूति गर्ने   

नागरिक लगानी कोषले सुपर खुदीको शेयर प्रत्याभूति गर्ने   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:४४

काठमाडौँ, १८ वैशाख : नागरिक लगानी कोषले सुपर खुदी हाइड्रोपावर...