back
NMB ad

ठुलो संख्यामा उपसचिवहरुको सरुवा, को कहाँ पुगे ? (सूचि सहित)

Kumari bank ad

काठमाडौ । ठुलो संख्यामा उपसचिवहरुको सरुवा भएको छ । कर र भन्सार कार्यालयका ६० जना उपसचिवको सरुवा गरिएको हो । अर्थ मन्त्रालयले राजस्व प्रशासनका कर्मचारीहरुलाई कर र भन्सार कार्यालयमा सरुवा गरेको छ ।

लामो समयदेखि मन्त्रालय र केन्द्रीय विभागमा बसेका उपसचिवहरुलाई कर र भन्सार कार्यालयको नेतृत्व दिएको छ । अनुभवी र दक्ष उपसचिवहरुले भन्सार र कर कार्यालय समाल्ने भएका छन ।

कर र भन्सार कार्यालयमा २ वर्ष बिताएका उपसचिवहरुलाई विभाग तथा मन्त्रालयमा सरुवा गरिएको छ भने मन्त्रालयमा र विभागमा लामो समय काम गरेका उपसचिवलाई भन्सार र कर कार्यालयको जिम्मेवारी दिइएको अर्थमन्त्रालय स्रोतले बताएको छ ।

कुनै विवाद नहुँनेगरी दक्ष र अनुभवी कर्मचारीलाई मन्त्रालय, बिभाग, कर र भन्सार कार्यालयको जिम्मेवारी दिइएको छ, अर्थमन्त्रालय स्रोतले भन्यो कुनै ब्यक्ति, दल वा नेताको प्रभावमा कर्मचारी खटाईको छैन ।

स्वतन्त्ररुपमा कर्मचारीहरु खटाइएका छन् । विभागीय मन्त्रीले समेत कुनै कर्मचारीको सरुवामा कुनै प्रभाव पारेका छैनन् ।

अति ब्यस्त र बढी कर संकलन हुने काठमाडौंभित्रका कलंकी, कालिमाटी, बत्तिसपुतली, महाराजगन्ज र चावहिलका कर कार्यालय प्रमुखको सरुवा भएको छ। ललितपुर कर कार्यालयका प्रमुखको विभागमा सरुवा भएको छ ।

आन्तरिक राजस्व कार्यालय पोखराका प्रमुख पनि विभागमा तानिएका छन्। आन्तरिक राजस्वतर्फ भद्रपुर, धरान, धनगढी, कन्चनपुर लगायतका कार्यालय प्रमुखको सरुवा भएको छ ।

भन्सारतर्फ विराटनगर र मेची भन्सार कार्यालयका प्रमुखको सरुव भएको छ भने, त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल भन्सार कार्यालयका २ उपसचिवको पनि सरुवा भएको छ ।

को कहाँ ?

२०७६ कात्तिक २५ गते प्रकाशित

वि.सं.२०७६ कात्तिक २५ सोमवार १४:४० मा प्रकाशित

You can share this post!

बैशाख २४ गते सार्वजनिक विदा

बैशाख २४ गते सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १५:१७

काठमाडौं । बागमति प्रदेश सरकारले बैशाख २४ गते सार्वजनिक विदा...

एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर   

एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १४:१३

काठमाडौँ, २१ वैशाखः काठमाडौँ महानगरपालिकाले आगामी जेठ १ गतेदेखि एक...

मुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा १३ पुल निर्माण   

मुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा १३ पुल निर्माण   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १४:००

तनहुँ, २१ वैशाख : मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत पूर्वी खण्डमा १३...

मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने   

मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:५५

गण्डकी, २१ वैशाख : गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले यही...

डिजिटल प्रभाव, मिथ्या सूचना र आर्थिक सङ्कट   

डिजिटल प्रभाव, मिथ्या सूचना र आर्थिक सङ्कट   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:५३

डा महेन्द्र विष्ट  प्रेस स्वतन्त्रता लोकतन्त्रको अपरिहार्य पक्ष हो ।...

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:२४

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ (प्लास्टिक...