back
NMB ad

नेपालमा खाना पकाउन ग्याँसभन्दा विजुली सस्तो, सार्वजनिक भयो यस्तो तथ्याङ्क

Kumari bank ad

काठमाडौं । नेपालमा खाना पकाउनका लागि ग्याँस भन्दा विजुलीबाट सस्तो पर्ने तथ्य सार्वजनिक भएको छ । इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकको ऊर्जा अध्ययन केन्द्रले गरेको अध्ययन अनुसार अहिलेको मूल्य अनुसार ग्याँस भन्दा विजुलीबाट खाना पकाउँदा ३६४ रुपैयाँ सस्तो पर्ने तथ्य फेला परेको हो ।

केन्द्रले खाना पकाउन एलपी ग्यास, विद्युत तथा मट्टीतेलबाट लाग्ने खर्चबारे तुलनात्मक अध्ययन गरेको थियो । उक्त अध्ययन अनुसार ५ जनाको परिवारले १५ एम्पियरको विद्युत् महसुल अनुसार खाना पकाउन एलपी ग्यासको १४ सय ७८ र बिजुलीको जुनसुकै माध्यमबाट खाना पकाउँदा ११ सय १४ रुपैयाँ पर्ने देखिएको छ ।

केन्द्रले मट्टितेल प्रयोग गरेर खाना बनाउँदा मासिक १२ सय ४० रुपैयाँ खर्च हुने देखिएको थियो । खाना पकाउने ऊर्जाको मूल्यबारे नेपालमा भएको सम्भवतः यो नै पहिलो अध्ययन रहेको ऊर्जा्विज्ञ प्रा.डा. जगन्नाथ श्रेष्ठले बताए ।

ऊर्जा अध्ययन केन्द्रले माटोको हिटर, राइस कुकर, विद्युतीय हट प्लेट, इन्डक्सन चुलो लगायतको अध्ययन गरेको थियो ।
सबैमध्ये विद्युतीय इन्डक्सन चुल्होबाट धेरै फाइदा हुने पनि अध्ययनले देखाएको छ ।

५ जनाको परिवार भएको घरमा इन्डक्सन चुल्होबाट खाना पकाउँदा एक महिनामा जम्मा ९ सय ९० रुपैयाँ मात्रै खर्च लाग्ने अध्ययनले देखाएको छ ।

जसन ग्यासभन्दा ४ सय ८८ रुपैयाँले सस्तो हो । इन्डक्सन चुलेको प्रयोग मट्टितेलबाट चल्ने स्टोभ भन्दा पनि रु २५० सस्तो पर्छ ।

जनतालाई सहज बनाउन राज्यले इन्डक्सन चुल्हो खरिद वा विद्युत् महसुलमा अनुदानको घोषणा गरिनुपर्ने प्रा.डा. श्रेष्ठको भनाइ छ । केन्द्रले २०७५ माघ ११ गते अध्ययन गरेको भएपनि हालैमात्र तथ्य सार्वजनिक भएको हो ।

२०७६ कात्तिक २६ गते प्रकाशित

वि.सं.२०७६ कात्तिक २६ मंगलवार १६:४३ मा प्रकाशित

You can share this post!

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:३४

काठमाडौँ : चालु आर्थिक वर्षमा आर्थिक व्ृद्धिदर तीन दशमलव ८७...

यस्तो रहनेछ आज दिनभरीको मौसम

यस्तो रहनेछ आज दिनभरीको मौसम

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:२३

काठमाडौँ, १८ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज १९ बैशाख २०८१ बुधवार, हेर्नुहोस् आजको राशिफल

आज १९ बैशाख २०८१ बुधवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:१८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

वि.सं.२०८१ वैशाख १८ मंगलवार २१:४३

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको...

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३९

काठमाडौँ, १८ वैशाख : नेपाल चेम्बर अफ कमर्सले श्रमिक वर्गको...

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३५

काठमाडौँ, १८ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष...