back
NMB ad

‘विद्या जनताको साझा उम्मेद्वार हुन’, दर्जनौँ कांग्रेस कार्यकर्ता नेकपा प्रवेश

Kumari bank ad

पोखरा । घरदैलोको क्रममा कृष्ति पुगेकी नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का उम्मेद्वार विद्या भट्टराई अधिकारीलाई स्थानीइहरुले आफूहरुको साझा उम्मेदवार भनेका छन ।

मतदाता भेटघाटको क्रममा पोखरा २१ कृष्तिका माझगाउँ, बक्रेक, धुवारकोट, रामदी, एकहाते, फुश्रेखोला लगायतका ठाउँमा पुगेकी भट्टराईलाई कम्यूनिष्टहरुले विचार र ईमानको कदर गर्ने भएकाले विद्या सबैको भरोसाको केन्द्र भएको बताए ।

गतका कर्मशील नेता स्वर्गीय रवीन्द्र अधिकारीले सुरुवात गरेका विकास निर्माणका अधुरा कार्य पूरा गर्न विद्याले उत्तराधिकारीको भूमिका निर्वाह गर्ने विश्वास उनीहरुले व्यक्त गरेका छन् । घरदैलोमा पुगेकी विद्यालाई स्थानीयहरुले बाजागाजा र झाँकीले स्वागत गरेका थिए ।

घरदैलोपछि आयोजित कोणसभालाई सम्बोधनको क्रममा उम्मेद्वार भट्टराईले आँफूमाथिको भरोसा कुनै हालतमा टुट्न नदिने बाचा गरिन् ।

सो अवसरमा गण्डकी प्रदेश सांसद कृष्ण थापाले उक्त क्षेत्रमा भएगरेका विकास निर्माणका काम र बाँकी रहेका योजनाहरुबारे स्थानीयहरुलाई जानकारी गराएका थिए । उनले लाल किल्लाका रुपमा रहेको क्षेत्र नं २ ले सँधै असल नेता उत्पादन गरेको भन्दै विद्यालाई भोट दिएर ऐतिहासिक विरासत कायम गर्न अपील समेत गरे ।

त्यस्तै नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) पोखरा महानगर कमिटिका अध्यक्ष दिपक पौडेलले नेकपा नै जनताको समृद्धिको सहयात्री भएको भन्दै विगतका निर्वाचनबाट गरिएका बाचा पूरा गर्दै नयाँ योजना तय गरेर अघि बढ्ने बताए ।

दर्जनौँ काँग्रेस अगुवा कार्यकर्ता नेकपा प्रवेश

चुनाव प्रचारप्रसारको क्रममा पोखरा २१ निर्मलपोखरी पुगेकी नेकपा उम्मेद्वार विद्या भट्टराईको जीतका लागि दर्जनौँ स्थानीय काँग्रेस कार्यकर्ता तथा समर्थकहरु नेकपामा प्रवेश गरेका छन् ।

मंगलबार कृष्ति पुगेकी विद्याको हातबाट टिका लगाउँदै स्थानीय कुमार सिंह गुरुङ (प्रसाद), शेर बहादुर गुरुङ लगायत दर्जनौँ कार्यकर्ता नेकपामा प्रवेश गरेका हुन् ।

उनीहरुलाई उम्मेद्वार विद्या सहित नेकपा कास्की अध्यक्ष कृष्ण थापा, पोखरा महानगर कमिटि अध्यक्ष दिपक पौडेल, नेताहरु पूर्ण बहादुर थापा, राजकुमार थापा, राजेन्द्र थापा लगायतले नेकपामा स्वागत गरेका थिए ।

२०७६ कात्तिक २७ गते प्रकाशित

वि.सं.२०७६ कात्तिक २७ बुधवार ११:५६ मा प्रकाशित

You can share this post!

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०४

जनकपुर, २२ वैशाख: भारतमा हुने लोकसभा जयनगर–जनकपुर–भङ्गहा रेलसेवा तीन दिनसम्म...

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:२८

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको अन्तिम...

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०८

मुग्लिन, (चितवन), २२ वैशाख : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य...