back
NMB ad

सेयर बजारमा झिनो सुधार, साताको अन्तिम दिन यस्तो छ सेयर कारोबार

Kumari bank ad

काठमाडौं । साताको अन्तिम दिन सेयर कारोबार मापन गर्ने नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा झिनो सुधार आएको छ । आज नेप्से ०.७९ अंकले बढेर एक हजार एक सय ३५.९५ अंकमा पुगेको हो ।

नेप्से बढेको दिन सेन्सिटिभ इन्डेक्स्ट भने ०.११ अंकले घटेर २५०.०६ अंकमा पुगेको छ । आज बजारमा १६३ कम्पनीका ८ लाख ३३ हजार ८८१ कित्ता सेयर २२ करोड ८३ लाख ५७ हजार ४९३ रुपैयाँमा कारोबार भए ।

यस दिन कारोबारमा आएका १२ वटा समूहगत उपसुचक मध्ये आठ समूह उकालो लागे भने बाँकी चार समूह ओरालो लागे ।
उकालो लाग्नेमा ट्रेडिङ समूह सर्वाधिक २२.४४ अंकले उकालो लाग्यो भने माइक्रो फाइनान्स् समूह सर्वा्धिक ६.७ अंकले ओरालो लाग्यो ।

बिहिबार बजारमा एनएमबि बैंकको सेयरको कारोबार सबैभन्दा धेरै भयो । कम्पनीको सेयर चार करोड २९ लाख ६८ हजार ३७ रुपैयाँका कारोबार भएको हो ।

यस दिन साल्ट ट्रेडिङका लगानीकर्ताले सर्वा्धिक ९.९१ प्रतिशत सेयर मूल्य कमाए । त्यसैगरी, ग्लोबल आईएमई सम्मुनतका लगानीकर्ताले सर्वा्धिक ५.६६ प्रतिशत सेयर मूल्य गुमाए ।

२०७६ कात्तिक २८ गते प्रकाशित

वि.सं.२०७६ कात्तिक २८ बिहीवार १५:५५ मा प्रकाशित

You can share this post!

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

वि.सं.२०८१ वैशाख १५ शनिवार ११:२०

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीमा चार...

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...