back
NMB ad

सिभिल बैंकले गर्यो पहिलो त्रैमासमा १५ करोड ८९ लाख नाफा

Kumari bank ad

काठमाडौं । सिभिल बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १५ करोड ८९ लाख ५० हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।
जुन गत आवको सोहि अवधिको तुलनामा १४.१० प्रतिशतले घटी हो ।

गत आवको सोहि अवधिमा बैंकको नाफा १८ करोड ५० लाख ६२ हजार रुपैयाँ रहेको थियो । यो अवधिमा बैंकको वितरणयोग्य नाफा २ करोड ९८ लाख ४२ हजार रुपैयाँ रहेको छ । यो अवधिमा बैंकको खुद ब्याज आम्दानीमा केही सुधार भएपनि सञ्चालन मुनाफामा भने गिरावट आएको छ ।

बैंकको खुद ब्याज आम्दानी ५८ करोड ६४ लाख ५५ हजार रुपैयाँबाट बढेर ६० करोड २९ लाख ३८ हजार रुपैयाँ पुगेको छ । बैंकको सञ्चालन मुनाफा गत आवको पहिलो त्रैमसमा २७ करोड १ लाख २१ हजार रुपैयाँबाट घटेर २२ करोड ५९ लाख ५४ हजार रुपैयाँमा झरेको छ । जसको असर नाफा आर्जनमा देखिएको छ ।

८ अर्ब ३३ लाख ९० हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १ अर्ब ६० करोड २२ लाख १५ हजार रुपैयाँ रहेको छ । ४२ अर्ब ९१ करोड ९२ लाख २६ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले ४४ अर्ब १८ करोड ९२ लाख ८४ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।

यो अवधिमा बैंकको खराब कर्जा ३.०६ प्रतिशतबाट घटेर २.९३ प्रतिशतमा झरेको छ । ७ रुपैयाँ ९४ पैसा प्रतिसेयर आम्दानी रहेको बैंकको प्रतिसेयर नेटवर्थ १२८ रुपैयाँ ७७ पैसा रहेको छ ।

२०७६ कात्तिक ३० गते प्रकाशित

वि.सं.२०७६ कात्तिक ३० शनिवार १४:५५ मा प्रकाशित

You can share this post!

सेयर बजारमा दोहोरो अंकको वृद्धि, दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट

सेयर बजारमा दोहोरो अंकको वृद्धि, दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट

वि.सं.२०८१ वैशाख १८ मंगलवार १५:१२

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजार दोहोरो अंककले...

यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख १८ मंगलवार १५:०३

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजार दोहोरो अंककले...

काठमाडौँमा बढ्दो वायु प्रदूषण, मास्क लगाउन आग्रह   

काठमाडौँमा बढ्दो वायु प्रदूषण, मास्क लगाउन आग्रह   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १४:३३

काठमाडौँ, १८ वैशाख : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौँमा वायु...

अर्थमन्त्री पुन र विश्व बैंक उपाध्यक्ष रेजरबीच भेट

अर्थमन्त्री पुन र विश्व बैंक उपाध्यक्ष रेजरबीच भेट

वि.सं.२०८१ वैशाख १८ मंगलवार १४:२७

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्त र विश्व बैंकका दक्षिण...

ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी

ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:३५

काठमाडौं । स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटले ग्लोबल आइएमई...

आगलागीपीडितको पीडा : सबै जल्यो, के खाने ? कहाँ बस्ने ?   

आगलागीपीडितको पीडा : सबै जल्यो, के खाने ? कहाँ बस्ने ?   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:३०

रञ्जिता अधिकारी देउखुरी (दाङ), १८ वैशाख : २०८१ वैशाख १६...