back
NMB ad

तत्काल लागू नहुने भयो रेडक्रसले बढाएको रगतको मूल्य

Kumari bank ad

काठमाडौं । नेपाल रेडक्रस सोसाइटी दाङले आइतबारदेखि रगतको मूल्य बढाउने निर्णय गरे पनि तत्काल कार्यान्वयन नहुने भएको छ।

जिल्ला प्रशासन कार्यालय दाङमा आइतबार रगतको मूल्य तत्काल नबढाउने सहमति भएको हो। प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालको उपस्थितिमा भएको छलफलमा रक्तसञ्चार केन्द्रले बिरामीलाई रगत उपलब्ध गराउँदा एक हजार रुपैयाँ लिने निर्णयलाई स्थगित गर्ने सहमति छ ।

रक्तदाताले निःशुल्क रुपमा दिने रगतलाई व्यवसायको विषय बनाएको भन्दै नेपाल स्वयंसेवी रक्तदाता समाज दाङले जिल्ला प्रशासन कार्यालय, घोराही उपमहानगरपालिकालगायतका निकायको ध्यानाकर्षण गराएको थियो।

जिल्ला प्रशासन कार्यालयमा भएको छलफलमा रेडक्रस दाङका सभापति नारायण आचार्यले कर्मचारीलाई दिनुपर्ने रकम अपुग भएकाले रगतको मूल्य बृद्धि गर्नु परेको बताएका थिए।

रगत परीक्षणका लागि आवश्यक पर्ने केमिकलको मूल्य बढेको, कमर्चारीलाई तलब दिनु परेको कारणले गर्दा शुल्क केही बढाउनु परेको आचार्यले प्रष्ट्याए ।

२०७६ मंसिर ०२ गते प्रकाशित

वि.सं.२०७६ मंसिर २ सोमवार ०९:३० मा प्रकाशित

You can share this post!

बैशाख २४ गते सार्वजनिक विदा

बैशाख २४ गते सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १५:१७

काठमाडौं । बागमति प्रदेश सरकारले बैशाख २४ गते सार्वजनिक विदा...

एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर   

एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १४:१३

काठमाडौँ, २१ वैशाखः काठमाडौँ महानगरपालिकाले आगामी जेठ १ गतेदेखि एक...

मुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा १३ पुल निर्माण   

मुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा १३ पुल निर्माण   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १४:००

तनहुँ, २१ वैशाख : मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत पूर्वी खण्डमा १३...

मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने   

मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:५५

गण्डकी, २१ वैशाख : गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले यही...

डिजिटल प्रभाव, मिथ्या सूचना र आर्थिक सङ्कट   

डिजिटल प्रभाव, मिथ्या सूचना र आर्थिक सङ्कट   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:५३

डा महेन्द्र विष्ट  प्रेस स्वतन्त्रता लोकतन्त्रको अपरिहार्य पक्ष हो ।...

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:२४

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ (प्लास्टिक...