back
NMB ad

द्वन्द्वकालीन आयोगमा अध्यक्ष र सदस्य बन्न ६१ जना इच्छुक (नामसहित)

Kumari bank ad

काठमाण्डौ । बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगका अध्यक्ष तथा सदस्यको नाम सार्वजनिक भएको छ ।

सिफारिस समितिले आह्वान गरेको दरखास्त भरेकामध्ये मापदण्ड पूरा भएका र समितिले थप गरेका समेत ६१ जनाको नाम सिफारिस समितिले सार्वजनिक गरेको हो ।

सिफारिस समितिको आइतबार बसेको बैठकले सोमबार अध्यक्ष तथा सदस्यको नाम सार्वजनिक गर्ने निर्णय गरेको थियो ।  सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्ष हुन कमलनारायण दास र मधुप्रसाद रेग्मी इच्छुक रहेकोमा सिफारिस समितिले गणेशदत्त भट्टको नाम थप गरेको समितिले जनाएको छ ।

यस्तै, युवराज सुवेदीले दुवै आयोगको अध्यक्ष हुन चाहनुभएको छ । त्यसैगरी दुवै आयोगका अध्यक्ष वा सदस्य बन्ने इच्छुकमा १० जनाको नाम छ ।

सलाहुद्दीन अख्तर सिद्दिकी, दुर्गाबन्दु पोखरेल, दुमनसिंह थापा क्षेत्री, रेवन्तबहादुर कुँवर, अली अकवर मिकरानी, ताराबहादुर न्यौपाने, गोपीचन्द्र भटट्राई, सीताप्रसाद पोखरेल, गोविन्द गौतम र अरबिन्दकुमार सिंहले दुवै आयोगको अध्यक्ष वा सदस्यका लागि फाराम भरेको समितिले जनाएको छ ।

सिफारिस समितिले सत्य निरुपण तथा मेलमिलाप आयोगका पूर्व पदाधिकारी मञ्चला झा र श्रीकृष्ण सुवेदी तथा बेपत्ता छानविन आयोगका लोकेन्द्र मल्लिक, आइबहादुर गुरुङ्ग र नरकुमारी गुरुङ्गको नाम थप गरेको छ ।

सिफारिस भएका अध्यक्ष तथा सदस्यबारे कुनै प्रतिक्रिया भए पाँच दिनभित्र समितिको सचिवालय सिंहदरबारमा पुग्ने गरी उपलब्ध गराउन पनि समितिले आग्रह गरेको छ ।

पूर्व प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा गएको चैतमा सरकारले दुई आयोगमा पदाधिकारी नियुक्तिका लागि सिफारिस समिति गठन गरेको थियो ।

२०७६ मंसिर ०२ गते प्रकाशित

वि.सं.२०७६ मंसिर २ सोमवार १०:४२ मा प्रकाशित

You can share this post!

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

वि.सं.२०८१ वैशाख १८ मंगलवार २१:४३

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको...

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३९

काठमाडौँ, १८ वैशाख : नेपाल चेम्बर अफ कमर्सले श्रमिक वर्गको...

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३५

काठमाडौँ, १८ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष...

सप्तरीको चिम्टीमा भीषण आगलागी, एक सय बढी घर जलेर नष्ट   

सप्तरीको चिम्टीमा भीषण आगलागी, एक सय बढी घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३०

राजविराज (सप्तरी), १८ वैशाख : सप्तरीको महादेवा गाउँपालिकामा आज भीषण...

अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु : अध्यक्ष ओली   

अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु : अध्यक्ष ओली   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:२६

फिक्कल (इलाम), १८ वैशाख : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का...

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:५४

काठमाडौँ, १८ वैशाख : सांसदहरुले आगामी आर्थिक वर्षको बजेट खेल...