back
NMB ad

ग्लोबल आइएमई बैंकका उच्च व्यवस्थापकले बुझे पौने चार करोड तलबभत्ता, अन्य कति ?

Kumari bank ad

काठमाडौं। ग्लोबल आइएमई बैंकका निर्वतमान प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेल र का.मु प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकालले गत वर्ष तीन करोड ७८ लाख रुपैयाँ तलब भत्ता तथा अन्य सुविधा लिएका छन ।
गत आर्थिक बर्षको माघ ८ गतेसम्म पौडेल प्रमुख कार्यकारी अधिकृत थिए । अधिकांस सुविधा भने शर्माले लिएका हुन् । त्यसपछि कामु प्रमुख कार्यकारीका रुपमा महेश ढकालले नेतृत्व लिएका थिए । कुल रकमको केही हिस्सा मात्रै ढकालको भागमा परेको छ ।

बैंकले दुबै जनाले बुझेको पारिश्रमिकलाई एकै ठाउँमा राखेको छ। शर्माले अवकासपछिको पैसासमेत लगेका कारण तलव भत्ता धेरै देखिएको छ ।

तलव मात्रै ७८ लाख रुपैयाँ तलब बुझेको देखिन्छ। तलब सुविधा बाहेक कार्यसम्पादनमा आधारित कर्मचारी बोनस बापत ४३ लाख ९० हजार रुपैयाँ बुझेका छन ।

प्रमुख कार्यकारीको भन्दा कायममुकाय प्रमुखको तलब कम हुने हुँदा बैंकले ढकाललाई प्रदान गरेको तलब सुविधा कम छ । त्यसैगरी सञ्चालकहरुले गत वर्ष १० लाख २२ हजार रुपैयाँ बैठक भत्ता लिएका छन् ।

संचालक समितिको उपसमितिका सदश्यहरुले ७ लाख १० हजार रुपैयाँ बुझेका हुन । सञ्चालक समितिको बैठक बस्दा भत्ता सहित भने जम्मा १९ लाख २५ हजार रुपैयाँ खर्च भएको बैंकले जनाएको छ ।

कम्पनी सचिवले पनि गत वर्ष १२ लाख ९० हजार रुपैयाँ बुझेका छन् । गत वर्षमा कर्मचारीहरुको लागि कुल एक अर्ब ५७ करोड रुपैयाँ खर्च भएको छ । यसमा कर्मचारीहरुले प्राप्त गरेको ३९ करोड ३३ लाख रुपैयाँ बोनसलाई पनि जोडिएको छ ।

२०७६ मंसिर ०२ गते प्रकाशित

वि.सं.२०७६ मंसिर २ सोमवार १९:३८ मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...