back
NMB ad

सिलाइ कटाइदेखि मोटरसाइकल मर्मतसम्म २४ किसिमका निःशुल्क तालिमको अवसर

Kumari bank ad

काठमाडौँ । राष्ट्रिय लघु, घरेलु तथा साना उद्योग प्रशिक्षण केन्द्रले निःशुल्क तालिम दिने भएको छ । केन्द्रको चौथो चौमासिक अवधिमा सीप अभिबृद्धि तालिम (एड्भान्स) र सीपमुलक तालिम (बेसिक) दिन लागिएको हो ।

सीप अभिबृद्धि तालिम अन्तर्गत प्याट्रन सिलाइ कटाइ (एडभान्स), फेसन डिजाइनिङ, बेकरी एड्भान्स र ब्यूटिसीयन एडभान्स रहेका छन् ।

यस्तै बेसिक सीपमुलक तालिम अन्तर्गत हाते इम्ब्रोइडरी, मेसिन इम्ब्रोइडरी, मोबाइल मर्मत, मोटरसाइकल मर्मत, प्लम्बिङ, हाउस वाइरिङ, डल बनाउने, खाद्य प्रशोधनलगायतका २० किसिमका तालिम तय गरिएको छ ।

तालिममा छनोट गर्दा मधेसी, अपाङ्ग दलित, जनजाती, सहिद परिवार र पिछडिएका वर्ग एवम् क्षेत्रका व्यक्तिहरु र एड्भान्स तालिमको हकमा बेसिक तालिम प्राप्त गरी आयआर्जनमा संलग्नलाई विशेष प्राथमिकता दिइने केन्द्रले जनाएको छ ।

इच्छुक उम्मेदवारले मंसिर २० भित्र केन्द्रको कार्यालय त्रिपुरेश्वर, काठमाडौँमा आवेदन दिनुपर्ने शुक्रबार प्रकाशित भएको सूचनामा उल्लेख गरिएको छ ।

हेर्नुहोस् सूचना :

२०७६ मंसिर ०६ गते प्रकाशित

वि.सं.२०७६ मंसिर ६ शुक्रवार १०:०८ मा प्रकाशित

You can share this post!

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

वि.सं.२०८१ वैशाख १५ शनिवार ११:२०

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीमा चार...

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...