२०७६ मंसिर ०६ गते प्रकाशित
काठमाडौं । काठमाडौं उपत्यकामा बेलुका ८ बजेपछि मात्र टिपर चलाउनु पर्ने निर्देशन नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले दिएको छ ।
काठमाडौं उपत्यका प्रवेश गर्न टिपरलाई बेलुका ८ बजेअघि पूर्ण रुपमा निषेध गरिएको मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयले टिपरलाई सडकमा पानी चुहाएर बालुवा ढुवानी गर्न र सडकमा पार्किङ गरी अन्य सवारी आवागमनमा अवरोध ल्याए कानूनअनुसार कारवाही हुने पनि उल्लेख गरेको छ ।
लोड गरिएका टिपर अरु सवारीलाई बाधा पर्ने गरी सडकमा पार्किङ गर्न नपाउने र बालुवा ढुवानी गर्ने टिपर पानी नचुहिने भएपछि मात्र सडकमा चलाउन पाइने सुचनामा उल्लेख छ ।
हेर्नुहोस् सूचना :
वि.सं.२०७६ मंसिर ६ शुक्रवार १०:५१ मा प्रकाशित