back
NMB ad

माछापुच्छ्रे बैंकबाट पनि १० लाख चोरी

Kumari bank ad

काठमाडौं । माछापुच्छ्रे बैंकबाट पनि १० लाख रुपैयाँ चोरी भएको पुष्टी भएको छ । नक्कली हस्ताक्षर र कागजातको प्रयोगबाट काठमाडौंका बैंकमा भएको चोरीमा थप १० लाख रुपैयाँ अभियुक्त समूहको हातमा पुगेको देखिएको हो ।

काठमाडौं प्रहरी परिसर, टेकुले प्रकरणमा संलग्न भएको आरोपमा बुधबार ६ जनालाई सार्वजनिक गर्दै १९ लाख ९ हजार रुपैयाँ चोरी भएको सार्वजनिक गरेको थियो । तर, अनुसन्धान अधिकृतलाई साँझ माछापुच्छ्रे बैंकबाट पनि १० लाख रुपैयाँ निकालिएको सूचना प्राप्त भएको जनाईएको छ ।

कसको खाताबाट रकम झिकिएको छ भन्ने विषयलाई केन्द्रमा राखेर अनुसन्धान भइरहे पनि प्रारम्भमा एउटै समूहले रकम निकालेको भेटिएको अनुसन्धान अधिकृतले बताएका छन।

प्रहरीले काभ्रेका सुभाष श्रेष्ठ, कुमार तामाङ, मनिष घिमिरे, अन्जन बराल, बाग्लुङका सुमन पौडेल र सिन्धुपाल्चोकका गोविन्द घिमिरेलाई पक्राउ गरेका छन।

आइतबार चोरिएको १९ लाख बढी रकम भने जनता बैंकका खातावाल गोपालमान राजवाहकको भएको काठमाडौं प्रहरीका डीएसपी होविन्द्र बोगटीले बताएका छन।

प्रहरीले उनीहरुको साथबाट १८ लाख ५० हजार रुपैयाँ बरामद गरेको छ । त्यस्तै विभिन्न व्यक्तिको नागरिकताको प्रतिलिपि २९० पाना, रजिष्टर २६ वटा, हस्ताक्षरको नमूना र दुई वटा डायरी, फोटो ८ सय २५ वटा पनि बरामद गरेको छ । यसबारे प्रहरीले विस्तृत अध्ययन गरिरहेको छ ।

२०७६ मंसिर १२ गते प्रकाशित

वि.सं.२०७६ मंसिर १२ बिहीवार ०८:५५ मा प्रकाशित

You can share this post!

नेक्सजेन म्यानेजमेन्ट र लगानी हबबीच व्यवसाय साझेदारी सम्त्रन्धी सम्झौता

नेक्सजेन म्यानेजमेन्ट र लगानी हबबीच व्यवसाय साझेदारी सम्त्रन्धी सम्झौता

वि.सं.२०८१ वैशाख १६ आइतवार ११:०७

काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट र लगानी हब बीच व्यवसाय साझेदारी...

काठमाडौँमा तेस्रो लगानी सम्मेलन उद्घाटन (फोटोफिचर)  

काठमाडौँमा तेस्रो लगानी सम्मेलन उद्घाटन (फोटोफिचर)  

वि.सं.२०८१ वैशाख १६ आइतवार १०:५९

काठमाडौँ, १६ वैशाखः मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा...

महँगियो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

महँगियो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख १६ आइतवार १०:५२

काठमाडौं । साताको पहिलो कारोबार दिन सुनको भाउमा वृद्धि भएको...

नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक बनिसकेको छः अर्थमन्त्री पुन

नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक बनिसकेको छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १६ आइतवार १०:२४

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक...

झापासहित सात जिल्लामा आज हात्तीपाइलेविरुद्धको औषधि खुवाइँदै   

झापासहित सात जिल्लामा आज हात्तीपाइलेविरुद्धको औषधि खुवाइँदै   

वि.सं.२०८१ वैशाख १६ आइतवार १०:१४

झापा, १६ वैशाखः झापासहित सात जिल्लाका ५१ लाख जनालाई हात्तीपाइले...

लगानीका निम्ति यी २० परियोजनामा आशयपत्र आह्वान गरिँदै   

लगानीका निम्ति यी २० परियोजनामा आशयपत्र आह्वान गरिँदै   

वि.सं.२०८१ वैशाख १६ आइतवार १०:१०

काठमाडौँ, १६ वैशाखः आजदेखि यहाँ सुरु हुने तेस्रो लगानी सम्मेलनमा...