back
NMB ad

शिक्षक लाईसेन्सको नतिजा सार्वजनिक सम्वन्धी यस्तो छ आयोगको तयारी

Kumari bank ad

काठमाडौं । गत असोजमा लिईएको शिक्षक अध्यापन अनुमति पत्र (लाईसेन्स) परीक्षाको कापी कोडिङ्को चरणमा पुगेको छ । परीक्षा भए पछि कापी संकलन र प्याकेजिङ्को काम सकेर कोडिङ्को चरणमा पुगेको आयोगले जनाएको छ ।

माध्यमिक तहको लाईसेन्सको परीक्षा अन्तर्गत रद्द भएको अंग्रेजी विषयको बस्तुगत तर्फको परीक्षा गत कात्तिक २३ गते सञ्चालन गरेपछि आयोगले सबै कापी संकलनको काम सकेर कोडिङ् गर्ने तयारी गरेको हो ।

आयोगको लापरवाहीका कारण गत असोज १२ गते भएको अंग्रेजी विषयको बस्तुगत तर्फको परीक्षा अन्र्तगत समूह ‘घ’ को प्रश्न पत्रमै उत्तर समेत सार्वजनिक भएको थियो ।

उत्तरलाई बोल्ड अक्षरमा छापिएको फेला परे पछि उक्त लापरवाही सार्वजनिक भएको थियो । आयोगको कार्य सम्पादन र परीक्षाको विश्वसनीयतामै प्रश्न उब्जे पछि आयोगले पुन परीक्षा सञ्चालन गरेको थियो ।

परीक्षाका सबै काम सकेर अब परीक्षणको प्रकृयामा पुगेको आयोगका प्रशासकीय प्रमुख बैकुण्ठप्रसाद अर्यालले जानकारी दिए । ’कापी परीक्षणको तयारी अन्र्तगतका प्रकृया शुरु भईसकेको छ, अब हामी तत्कालै परीक्षणको स्थान तय गर्ने र रोष्टरमा भएका परीक्षकहरु मध्येबाट परीक्षणको काम शुरु गर्ने अन्तिम तयारीमा छौंं’ उनले भने, ’यस बीचमा बढुवा लगायतका काम गर्नु परेकाले केही समय लागेको हो, ती सबै काम सकिएका छन् अब यसमै केन्द्रित भएर जति सक्दो चाँडो नतिजा सार्वजनिक गर्ने गरी काम गर्छौ ।’

पछिल्लो पटक मावि र निमाविको लाईसेन्स २०७२ सालमा र प्राविको लाईसेन्स २०६८ सालमा खोलिएको थियो । लामो समय सम्म लाईसेन्सको परीक्षा नहुँदा शिक्षक हुन योग्यता पुरा गरेका पाँच लाख भन्दा धेरै विद्यार्थीले लाईसेन्स पाएका थिएनन्।

यही बीचमा आयोगले परीक्षा सञ्चालन गरेको हो । परीक्षामा २ लाख ५२ परीक्षार्थी सहभागी भएको प्रारम्भिक तथ्याङ्क संकलन भएको अर्यालले जानकारी दिए ।

माध्यमिक तहको विभिन्न तीन, निमाविको एक र प्राविको एक गरी विभिन्न पाँच किसिमको विज्ञापनमा आयोगले परीक्षा सञ्चालन गरेको थियो ।

२०७६ मंसिर १३ गते प्रकाशित

वि.सं.२०७६ मंसिर १३ शुक्रवार ११:१४ मा प्रकाशित

You can share this post!

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...