back
NMB ad

‘गेम चेन्जर’ आयोजना छान्दै राष्ट्रिय योजना आयोग

Kumari bank ad

काठमाडौं । राष्ट्रिय गौरवका आयोजना भन्दै ठूला आयोजना कार्यान्वयन गरेको एक दशकपछि सरकारले ’गेम चेन्जर’ आयोजनाको सूची तयार गर्न लागेको छ ।

राष्ट्रिय योजना आयोगले पूर्वाधार विकास र सामाजिक क्षेत्रसँग सम्बन्धित ९ क्षेत्रका रणनीतिक आयोजनालाई ’गेम चेन्जर’ आयोजनाका रुपमा छनोट गरी कार्यान्वन अघि बढाउन लागेको हो।

योजना आयोगले त्यस्ता आयोजना छनौटका लागि सोमबार सम्पूर्ण सरोकारवाला मन्त्रालयका प्रतिनिधिसहितको छलफल गरेको छ ।

आयोगले मानव पुँजी निर्माण र उद्यमशीलता, विद्युत र हरित अर्थतन्त्र, यातायात र सूचना प्रविधि तथा पूर्वाधार, उत्पादकत्व विकास, पर्यटन, सहीकरण, प्रादेशिक र स्थानीय अर्थतन्त्रको विकास, सामाजिक सुरक्षा र सुशासन गरी ९ वटा क्षेत्रसँग सम्बन्धित यस्ता आयोजना छनोट गरी कार्यान्वयन गर्न लागेको हो।

पूर्वाधार विकासमा ढिलाइ भएपछि तत्कालीन् प्रधानमन्त्री डा बाबुराम भट्टराईले राष्ट्रिय गौरवका आयोजना घोषणा गर्दै तिनीहरुलाई रणनीतिकरुपमा कार्यान्वयन अघि बढाउने घोषणा गरेका थिए ।

भट्टराईले सुरुमा १८ वटा आयोजना छनोट गरेकोमा अहिले अमेरिकी सहयोगको मिलिनियम च्यालेन्ज कर्पोरेसनमार्फत कार्यान्वयन हुनेसमेत गरी २५ वटा आयोजनालाई राष्ट्रिय गौरवका आयोजनाको मान्यता दिइएको छ ।

योजना आयोगले सम्बन्धित मन्त्रालयका उच्च अधिकारी र विभागीय प्रमुखसमेतसँगको छलफलपछि त्यस्ता आयोजना छनोट गर्नेछ ।

२०७६ मंसिर १६ गते प्रकाशित

वि.सं.२०७६ मंसिर १६ सोमवार १४:५५ मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...