back
NMB ad

अर्थमन्त्रीका छोरा तिलक खतिवडा थाले सनराइज बैंकमा जागिर, यसकारण छोडे जनता बैंक

Kumari bank ad

काठमाडौं । स्थापना कालदेखि नै जनता बैंकमा कार्यरत तिलक खतिवडाले जागिर छाडेका छन् । जनता बैंक छाडेका खतिवडा बढुवा भएर सनराइज बैंकमा काम शुरु गरिसकेका छन् ।

अर्थमन्त्री डा. युवराज खतिवडाका छोरा तिलक आइटी एक्सपर्ट हुन् । २०६६ चैतमा स्थापना भएको जनता बैंकमा उनी सूचना प्रविधि विभागमा काम गर्थे । अढाई वर्षअघि बैंक व्यवस्थापनले उनको विभाग सरुवा गर्दै महाराजगञ्ज शाखाको प्रबन्धकको जिम्मेवारी दिएको थियो ।

अर्थमन्त्री खतिवडा र उनको परिवारको जनता बैंकमा १ करोड रुपैयाँ बराबर बजार मूल्य हुन आउने लगानी छ ।आफू सूचना प्रविधिको जानकार भएको तर बैंकले ब्राञ्च म्यानेजरको जिम्मेवारी दिइएकोमा खतिवडा सन्तुष्ट थिएनन् ।

जनता बैंकमा उनी असिस्टेन्ट म्यानेजर थिए । सनराइज बैंकले डेपुटी म्यानेजर प्रस्ताव गरेपछि खतिवडा सनराइज गएका हुन।

सनराइज बैंकले खतिवडालाई सूचना प्रविधि र म्यानेजमेन्ट इन्फरमेशन सिस्टम चिफको जिम्मेवारी दिएको छ । उनले क्लिन इनर्जी बैंकको आइटी विभागबाट २०६३/६४ सालदेखि जागिरे जिवनको शुरुवात गरेका थिए । क्लिन इनर्जीमा ट्रेनिका रुपमा काम शुरु गरेका खतिवडा त्यसको झन्डै ३ वर्षपछि बढुवा भएर जनता बैंक गएका थिए ।

जनता बैंक र ग्लोबल आइएमइ बैंकबीच गत असार तेस्रो साता मर्जरमा जाने समझदारी भयो । यी बैंकले राष्ट्र बैंकबाट मर्जरको अन्तिम स्वीकृति पाइसकेका छन ।

मर्जरपछिको ग्लोबल आइएमइ बैंक अधिकांश सूचकमा नम्बर वान हुँदैछ । ग्लोबल र जनता बैंकबीचको मर्जर निश्चित भएपछि खतिवडाले जनता बैंकको जागिर छाडेका हुन।

२०७६ मंसिर १५ गते प्रकाशित

वि.सं.२०७६ मंसिर १७ मंगलवार ०९:२६ मा प्रकाशित

You can share this post!

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...