back
NMB ad

महरालाई छुटाउन उच्च अदालत पुगिन् रोशनी

Kumari bank ad

काठमाडौं । बलात्कार प्रयासको अभियोगमा डिल्ली बजार जेलमा रहेका पूर्वसभामुख कृष्णबहादुर महरालाई छुटाउन पीडित भनिएकी रोशनी शाहीले उच्च अदालत पाटनमा निवेदन दिएकी छन्।

थुनामा पठाउने जिल्ला अदालतको आदेश बेरीतको भन्दै महराबाटै बलात्कृत भएकी भनिएकी शाहीले आइतवार उच्च अदालत पाटनमा निवेदन दिएकी हुन् ।

जिल्लाको आदेशविरुद्ध महरा पनि उच्च अदालत गइसकेका छन्। सुनुवाइका क्रममा रोशनीले पनि निवेदन दिएकी हुन्। उच्च अदालत पाटनका रजिष्ट्रार बाबुराम दाहालका अनुसार रोशनीको निवेदनलाई अदालत प्रशासनले दरपीठ गरिदिएको छ।

रोशनीले निवेदनमा महराविरुद्धको जाहेरीमा आफूलाई जवरजस्ती हस्ताक्षर गर्न लगाएको, जिल्ला अदालतले थुनामा राख्न गरेको आदेश कानुनसम्मत नभएको कारण उल्लेख गर्दै थुनामा राख्ने आदेश बदर गर्न माग गरेकी छन्।

निवेदनलाई प्रशासनले दरपीठ गरेपछि रोशनी दरपीठ आदेशविरुद्ध मंगलबार इजलासमा निवेदन दिन पुगेकी छन्। रजिष्ट्रार दाहालका अनुसार उनको निवेदन बुधबार इजलासमा पेश हुँदैछ।

दाहालले जाहेरीकर्ता स्वयम् आदेशविरुद्ध निवेदन दिन आएकाले अदालत प्रशासनले दर्ता अस्वीकार गरेको बताए। दरपीठविरुद्धको निवेदनलाई इजलासले बदर गरे रोशनीको निवेदन उच्च अदालत पाटनमा दर्ता हुनेछ।

प्रशासनले गरेको दरपीठ आदेशविरुद्ध इजलासमा निवेदन दिन सकिने कानुनी व्यवस्था टेकेर रोशनीले निवेदन दिएकी हुन्। थुनामा पठाउने जिल्ला अदालतको आदेशविरुद्ध महराले मंसिर ५ गते उच्च अदालत पटनमा निवेदन दिएका थिए।

जिल्ला अदालत काठमाडौंले कात्तिक १८ गते मा महरालाई बलात्कार प्रयासको अभियोगमा पुर्पक्षका लागि थुनामा पठाएको थियो। जिल्ला अदालतमा पनि रोशनीले आफुलाई धम्काएर उजुरी दिन बाध्य पारेको बताएकी थिइन ।

२०७६ मंसिर १७ गते प्रकाशित

वि.सं.२०७६ मंसिर १७ मंगलवार १६:२८ मा प्रकाशित

You can share this post!

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:३४

काठमाडौँ : चालु आर्थिक वर्षमा आर्थिक व्ृद्धिदर तीन दशमलव ८७...

यस्तो रहनेछ आज दिनभरीको मौसम

यस्तो रहनेछ आज दिनभरीको मौसम

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:२३

काठमाडौँ, १८ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज १९ बैशाख २०८१ बुधवार, हेर्नुहोस् आजको राशिफल

आज १९ बैशाख २०८१ बुधवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:१८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

वि.सं.२०८१ वैशाख १८ मंगलवार २१:४३

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको...

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३९

काठमाडौँ, १८ वैशाख : नेपाल चेम्बर अफ कमर्सले श्रमिक वर्गको...

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३५

काठमाडौँ, १८ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष...