back
NMB ad

यसकारण बढिरहेको छ नेपाल लाइफको शेयर कारोवार

Kumari bank ad

काठमाडौं । तीनदिन देखि लगातार करोड नाघेको नेपाल लाइफ इन्स्योरेन्सको शेयर कारोवार बुधवार सबैभन्दा धेरै २ करोड ८२ लाख पुगेको छ ।

सो कम्पनीको मंगलवार १ करोड ४० लाख, सोमवार १ करोड ३६ लाख र साता कारोवारको पहिलो दिन आइतवार करीब १ करोड ४४ लाख शेयर कारोवार भएको थियो ।

बैंक तथा बित्तीय संस्थाहरूले लाभाँश दिनेक्रम सकिँदा पनि इन्स्योरेन्स कम्पनीहरूले लाभाँश दिएका छैनन् तर लगानीकर्ताहरू इन्स्योरेन्स कम्पनीको लाभाँशलाई उत्सुकतापूर्वक हेदै शेयर खरीद गर्न थालेका छन्।

लाइफ इन्स्योरेन्सको क्षेत्रमा अग्रणी स्थानमा रहेको नेपाल लाइफले आकर्षक लाभाँश दिने अनुमानका साथ लगानीकर्ता सो इन्स्योरेन्सको सेयर खरीदमा चाप बढाएका छन् ।

नेपाल लाईफले आर्थिक वर्ष २०७४/७५ मा २५ प्रतिशत बोनस र २३.५० प्रतिशत नगद गरि कूल ४८.५० प्रतिशत लाभांश वितरण गरेको थियो ।इन्स्योरेन्सको पछिल्लो बित्तिय बिवरणले लगानीकर्ता उत्साहित हुँदै सो कम्पनीको शेयर खरीदमा चाप बढाएका हुन् ।

म्पनीको पहिलो त्रैमासमा आएको वित्तीय विवरणमा नेपाल लाइफ चुक्तापूँजी, नाफा, बिमा शुल्क संकलन, रिर्जभ लगायतका शीर्षकमा अन्य बीमा कम्पनीको तुलनामा निकै अव्वल देखिएपछि राम्रो लाभाँशको आशमा नेपाललाईफको शेयरमा लगानीकर्ता झुम्मिएका हुन ।

२०७६ मंसिर १८ गते प्रकाशित

वि.सं.२०७६ मंसिर १८ बुधवार १५:२४ मा प्रकाशित

You can share this post!

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...