back
NMB ad

अघि बढ्यो प्रभु र एनसीसी बैंकको मर्जर प्रक्रिया ! यस्तो छ आन्तरिक तयारी

Kumari bank ad

काठमाडौं । प्रभु बैंक र नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैंक मर्जरमा जानका लागि प्रक्रिया अघि बढाएका छन । पछिल्लो समय मर्जरमा जान दवाव बढ्दै गएपछि यी दुई बैंकबीच छलफल अघि बढेको हो । केही चरण छलफल भएपनि निश्कर्षमा पुगेको छैन ।

हाल दुबै बैंकको मर्जर टोलीले अहिले वार्ता जारी राखेको एनसीसी स्रोतले बतायो । प्रभुसंग मर्जर हुने संभावना प्रवल रहेको एनसीसी स्रोतको भनाई छ ।

प्रभु र एनसीसी दुबै बैंकले मर्जरमा जानका लागि साधारणसभाबाट प्रस्ताव पारित गरिसकेका छन । नेपाल राष्ट्र बैंकले मौद्रीक नीति अगावै मर्जरमा जानका लागि बैंकहरुलाई दवाव दिएको थियो ।

त्यसबेला प्रभुले बैंक तथा वित्तीय संस्थालाई प्राप्ति र एनसीसीले मर्जरमा जाने जानकारी गराएको थियो । प्रभुले किस्ट बैंक र ग्राण्ड बैंकलाई समाहित गरेको छ । प्रभुले समाहित गरेका यी दुबै वाणिज्य बैंक हुन ।

यस्तै एनसीसीले इन्टरनेसनल डेभलपमेन्ट बैंक र एपेक्स डेभलपमेन्ट बैंकलगायत ४ ओटा विकास बैंकलाई प्राप्ति गरिसकेको छ ।

प्रभुको चुक्ता पूँजी ८ अर्ब ८९ करोड २६ लाख छ । बोनस सेयर वितरण पश्चात बैंकको चुक्ता पूँजी १० अर्ब ३१ करोड ५५ लाख पुग्ने छ ।

प्रभुले चालु आर्थिक वर्षको पहिलो त्रैमाशमा ६२ करोड ८४ लाख रुपैयाँ खुदनाफा गरेको छ । प्रभुको सञ्चित कोषमा ४ अर्ब ३९ करोड २१ लाख रुपैयाँ छ ।

यस्तै एनसीसीको पुँजी ८ अर्ब १३ करोड ३४ लाख रुपैयाँ पुँजी छ । गत आर्थिक वर्षको नाफाबाट बोनस सेयर वितरण गरेपछि एनसीसीको पुँजी बढ्ने छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमाशमा एनसीसीले ३४ करोड रुपैयाँ खुदनाफा गरेको छ । एनसीसीको सञ्चित कोषको आकार २ अर्ब ७६ करोड ९३ लाख रुपैयाँ छ ।यस्तै प्रभुले सिभिल बैंकसंग पनि मर्जरका लागि छलफल गरिरहेको छ ।

प्रभुका अध्यक्ष देवीप्रसाद भट्टचन र सिभिलका सञ्चालक प्रतापजंग पाण्डेबीच छलफल भइरहेको स्रोतको भनाई छ । दुबै मध्य कुनै एक बैंकसंग मर्ज गर्ने तयारी प्रभुको छ ।(क्यापिटल नेपालबाट)

२०७६ मंसिर २२ गते प्रकाशित

वि.सं.२०७६ मंसिर २२ आइतवार ०९:४१ मा प्रकाशित

You can share this post!

प्रधानमन्त्रीद्वारा पत्रकार महासङ्घको २७औँ अधिवेशन उद्घाटन   

प्रधानमन्त्रीद्वारा पत्रकार महासङ्घको २७औँ अधिवेशन उद्घाटन   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ११:१०

काठमाडौँ, २१ वैशाख : नेपाल महासङ्घको २७औँ अधिवेशन प्रारम्भ भएको...

सुनको भाउमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

सुनको भाउमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १०:४२

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको भाउमा गिरावट आएको...

हिमालयन डिष्टिलरीले सेयरधनीलाई गर्यो यस्तो आग्रह

हिमालयन डिष्टिलरीले सेयरधनीलाई गर्यो यस्तो आग्रह

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १०:१२

काठमाडौं। हिमालयन डिष्टिलरी लिमिटेडले पुरानो नगद लाभांस रकम बुझिलिन सेयरधनीहरुलाई...

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४९

काठमाडौँ, २१ वैशाख: आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस,...

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४४

काठमाडौँ :  नेपालमा विदेशी पर्यटक आगमन १२ दशमलव ७५ प्रतिशतले...

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको शेयर प्रत्याभूति गर्ने   

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको शेयर प्रत्याभूति गर्ने   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:३९

काठमाडौँ : नागरिक लगानी कोषले पाल्पा सिमेन्ट इण्डस्ट्रिजको शेयर प्रत्याभूति...