back
NMB ad

मर्जपछि ग्लोवल आइएमई बैंकको सिइओमा कुँवर, सञ्चालकमा को थपिए ? को बाहिरिए ?

Kumari bank ad

काठमाडौं । ग्लोबल आइएमई र साबिक जनता बैंक बीचको मर्जरपछि ग्लोबल आइएमई बैंकमा केशवबहादुर रायमाझी र विनितकुमार अग्रवाल नियुक्त भएका छन । रायमाझी जनता बैंकका अध्यक्ष थिए ।

ग्लोबलले साबिक जनता बैंकको प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्रीलाई नै प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको हो ।

मर्जरको सम्झौता पत्रअनुसार कुँवरलाई प्रमुख कार्यकारी नियुक्त भएका हुन् भने ग्लोबलका कामु प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाललाई वरिष्ठतम नायव प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको छ ।

त्यस्तै ग्लोबलका बहालवाला पाँच संचालक चन्द्रप्रसाद ढकाल, सुदर्शनकृष्ण श्रेष्ठ, सुमन पोखरेल, कृष्णप्रसाद शर्मा र नुमनाथ पौडेल यथावत छन ।

जनता बैंकमा रहेका लंगबहादुर केसी, रामबहादुर भण्डारी, गौतमप्रसाद खनाल, संजिव न्यौपाने र मिनाकुमारी सैंजु भने बाहिरिएका छन ।

शुक्रबारको निर्णयअनुसार जनताका दुई सञ्चालक नियुक्त भएका हुन । यससँगै ग्लोबलको सञ्चालकमा सातजना रहने छन्। दुई बैंक मर्जरसँगै शुक्रबारदेखि एकीकृत कारोबार सुरू भइसकेको छ।

दुवै बैंकले मंसिर २ गते वार्षिक साधारणसभाबाट मर्जरको विशेष प्रस्ताव शेयरधनीहरूबाट अनुमोदन गराएका थिए। मर्जरपछि ग्लोबल आइएमई सबैभन्दा ठूलो बैंक बनेको छ ।

२०७६ मंसिर २२ गते प्रकाशित

वि.सं.२०७६ मंसिर २२ आइतवार १४:१६ मा प्रकाशित

You can share this post!

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:३४

काठमाडौँ : चालु आर्थिक वर्षमा आर्थिक व्ृद्धिदर तीन दशमलव ८७...

यस्तो रहनेछ आज दिनभरीको मौसम

यस्तो रहनेछ आज दिनभरीको मौसम

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:२३

काठमाडौँ, १८ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज १९ बैशाख २०८१ बुधवार, हेर्नुहोस् आजको राशिफल

आज १९ बैशाख २०८१ बुधवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:१८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

वि.सं.२०८१ वैशाख १८ मंगलवार २१:४३

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको...

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३९

काठमाडौँ, १८ वैशाख : नेपाल चेम्बर अफ कमर्सले श्रमिक वर्गको...

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३५

काठमाडौँ, १८ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष...