back
NMB ad

गर्भावस्थामा बिदा माग्दा मानसिक यातना दिने निमित्त प्रअको बढुवा रोक्का

Kumari bank ad

काठमाडौं । काठमाडौं महानगरपालिकाको शिक्षा विभागले शिक्षिकालाई बिदा नदिने असनस्थित त्यौड माविका निमित्त प्रधानाध्यापक सुरेन्द्र केसीलाई प्रधानाध्यापक बनाउने निर्णय रोक्का गरेको छ।

विभाग स्रोतका अनुसार उनीविरूद्ध अदालतमा मुद्दा विचाराधीन रहेकाले बढुवा रोक्का गरिएको हो ।आराम गर्न डाक्टरले सुझाएपछि माध्यमिक तहकी शिक्षिका लक्ष्मी अर्यालले कानुन बमोजिमको गर्भावस्था बिदा मागेकी थिइन् । भदौमा उनको बच्चा मृत अवस्थामा जन्मिएको थियो ।

कानुन बमोजिमको बिदा माग्दा नदिएको र उल्टै मानसिक तनाव दिएको त्यही कारणले मृत शिशु जन्मिएको भन्दै केसीविरूद्ध जाहेरी परेको थियो ।

उक्त जाहेरीमाथि अनुसन्धान गर्न प्रहरीले उनलाई पक्राउ गरेको थियो । मुद्दा अदालतमा पुगेपछि भने ५० हजार धरौटीमा मुद्दाको पुर्पक्षका लागि छुटेका थिए ।

त्यसपछि सम्पूर्ण प्रकृया पूरा गरेर आएको उनको फाइल विभागले रोक्का राखेको जनाएको छ। ’शिक्षिकालाई कानुनबमोजिमको गर्भावस्था बिदा नदिएको, मानसिक यातना दिएको त्यसैले मृतबच्चा जन्मिएको भन्दै जिल्ला अदालतमा मुद्दा परेपछि केसीको बढुवा रोक्का गरिएको हो ।

अदालतले सफाइ दिए उहाँ बढुवा हुनुहुन्छ नभए निलम्बनमा पर्नुहुन्छ अर्को प्रधानाध्यापक खोज्नुपर्ने हुन्छ,’ स्रोतले भन्यो ।गर्भवती अर्याललाई डाक्टरले २ महिना काम नगरी आराम गरेर बस्नुपर्ने भनेपछि उनले बिदा लिएकी थिइन् ।(सेतोपाटीबाट)

२०७६ मंसिर २३ गते प्रकाशित 

वि.सं.२०७६ मंसिर २३ सोमवार १४:०८ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...