back
NMB ad

मंगलबार शिव श्री हाइड्रोपावरको आइपीओ बाँडफाँट

Kumari bank ad

काठमाडौं । शिव श्री हाइड्रोपावरको आइपीओ मंगलबार बाँडफाँट गरिएको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार मंगलबार (मंसिर २४ गते) बिहान १० बजे आइपीओ बाँडफाँट गरिएको हो ।

रीतपूर्वक आवेदन दिएका सबैले मागेजति सेयर पाएका छन् । यसको आइपीओ सबै बिक्री भएको थिएन । बिक्री नभएको आइपीओको प्रत्याभूति लिन प्रत्याभूतिकर्ता (अन्डरराइटर) ले आनाकानी गरेपछि विवाद बढ्दा बाँडफाँटमा विलम्ब भएको हो ।

विवाद हुँदै गर्दा पनि धितोपत्र बोर्डको निर्देशन अनुसार बाँडफाँट भएको हो । शिव श्रीले गत असोज १६ गतेबाट ३३ करोड ५१ लाख १४ हजार रुपैयाँ बराबरको आइपीओ बिक्री खुला गरेको हो ।

कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीयले नकिनेको ११ लाख ३६ हजार ५४० कित्ता र सर्वसाधारणलाई छुट्याइएको २२ लाख १४ हजार ६ सय कित्ता गरी कुल ३३ लाख ५१ हजार १४० कित्ता आइपीओ बिक्री खुला गरेको थियो ।

शिव श्री हाइड्रोपावरको कुल लागत ४ अर्ब ९८ करोड ५९ लाख ९६ हजार ५१४ रुपैयाँ रहेको छ । यसको प्रतिमेगावाट लागत २२ करोड ४५ लाख ९४ हजार ४३७.५७ रुपैयाँ हुन आउँछ ।

लगानी फिर्ता हुने अवधि ९.५९ वर्ष रहेको छ र डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि २१.९५ वर्षको हुनेछ । क्रेडिट रेटिङ कम्पनी केयर रेटिङ नेपालले यो आइपीओलाई औसत भन्दा तल जनाउने ‘ग्रेड ४’ रेटिङ दिएको छ ।

शिव श्रीले सिन्धुपाल्चोक जिल्लामा २२.२ मेगावटको उपर चाकु “ए” जालविद्युत आयोजना निर्माण गरिरहेको छ । यसको केन्द्रीय कार्यालय बुद्धनगर, काठमाडौंमा रहेको छ ।

२०७६ मंसिर २४ गते प्रकाशित

वि.सं.२०७६ मंसिर २४ मंगलवार १३:०९ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...