back
NMB ad

डेपुटी गभर्नर शिवराज श्रेष्ठ दोषी ठहर ! समितिले बुझायो यस्तो प्रतिवेदन, अब के होला ?

Kumari bank ad

काठमाडौँ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठ दोषी ठहर भएका छन् । ठेपुटी गभर्नर श्रेष्ठमाथि छानविन गर्न राष्ट्र बैंक संचालक समितिका सदस्य श्रीराम पौडेललको संयोजकत्वमा बनेको तीन सदस्यीय समितिले एक महिना लगाएर गरेको अध्ययनको प्रतिवेदन बुझाएको छ् ।

छानबिन समितिले संचालक समितिलाई ३० पृष्ठ लामो प्रतिवेदन बुझाएको हो । समितिले ५२ पृष्ठको अनुसन्धान सम्बन्धी अन्य कागजपत्र पनि बुझाएको छ ।

समितिले बुझाएको सो प्रतिवेदनमा डेपुटी गभनश्रेष्ठ माथि लगाएका केही गम्भिर आरोपको पुष्टि भएको तथा केहीको कागजपत्र फेला नपरेकोे र केही आरोप पुष्टि हुने आधार नभेटिएको लगायतका कुरा उल्लेख गरेको छ । श्रेष्ठले विदेशमा भ्रमणमा जाँदा दोहोरो सुविधा लिएको भेटिएकोे पुष्टी भएको छ ।

उनले स्पेनको भिभिएलपि बैंकमा अफिसर लेभलको कर्मचारीलाई बोलाएको कार्यक्रममा आँफुलाई नआएको निम्तामा गएको पुष्टी भएको छ । त्यस्तै,बैंकहरुको सुपरिवेक्षणमा कैफियत देखिएपनि नियत खराव नदेखिएको समितिका एक सदस्यले बताए ।

डेपुटी गभर्नर श्रेष्ठमाथि सम्पत्ति शुद्धिकरणमा सहयोग गरेको तथा वित्तीय प्रणालीमा असर पार्ने काम गरेको पुष्टी बताइएको छ । श्रेष्ठले तत्कालिन तत्कालिन एपेक्स डेभलपमेन्ट बैंक फाइल लुकाएको तथा एनसेललाई लाभांश लैजान स्वीकृती दिदा अधिकारको दुरुपयोग गरेको समेत भेटिएको छ ।

त्यसैगरी, तत्कालीन ग्राण्ड बैंकको २ अर्बको फाइल श्रेष्ठले २ वर्ष ७ महिना लुकाएको आधार भेटिएको प्रतिवेदनमा उल्लेख छ । जुन बैंक समस्याग्रस्त भएर प्रभु बैंकले मर्ज गरिसकेको छ ।

साथै सो प्रतिवेदन अर्थमन्त्रालयमा बुझाइने तयारी भइरहेको छ । आज सो प्रतिवेदन समितिका सदस्य रामजी रेग्मीले अर्थमन्त्रालयमा बुझाउँदैछन् । श्रेष्ठमाथि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले लगाएको आरोपका बारे विभागले नै थप अनुसन्धान गर्ने प्रतिवेदनमा उल्लेख छ ।

डेपुटी गभर्नरमाथि सरकारले लगाएका आरोपहरु केही पुष्टी भएको र केही हुन बाँकी रहेकाले उनलाई बर्खास्त गर्न सक्ने अधिकार सरकारमा रहेको छ ।

२०७६ मंसिर २५ गते प्रकाशित

वि.सं.२०७६ मंसिर २५ बुधवार ०९:५७ मा प्रकाशित

You can share this post!

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:५१

म्याग्दी :  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको...

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४६

काठमाडौँ, २२ वैशाख : निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४२

काठमाडौँ, २२ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:३८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:५४

नयाँ दिल्ली, २१ वैशाख वेबसाइटले डिजिटल युगमा कम्पनी वा संस्थाको...