back

भोलि सार्वजनिक विदा

काठमाडौं । भोलि आइतवार अर्थात मंसिर २९ गतेका दिन सार्वजनिक विदा दिईएको छ ।  एक सूचना निकाल्दै किराँत सिरिजंगा लिपीका पुर्नउत्थानकर्ता सिरिजंघा सिन थेवेको जन्म जयन्तिको अवसरमा सिरिजंघा गाउँपालिकाले आइतबार सार्वजनिक विदा दिएको हो ।

थेवे इसापूर्व १७०४ मंसिर २९ गते तत्कालिन तेल्लोक गाविसमा जन्मिएका थिए । सो स्थान हाल सिरिजंगा गाउँपालिका ४ मा पर्छ । मंसिर २ गते बसेको कार्यपालिकाको बैठकले हरेक वर्ष मंसिर २९ गते सार्वजनिक विदा दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष टिकाराम गुरुङले जानकारी दिए ।

’हाम्रै गाउँपालिकामा जन्मिनुभएका उहाँले किराँत धर्म, भाषा र साहित्यको उत्थानमा योगदान गर्नुभएको थियो, गुरुङले भने, ’ सम्मानस्वरुप स्थानीय तहको नाम नै सिरिजंगा राखिएको हो र यस वर्षदेखि विदा समेत दिन थालेका छौं ।’

भाषा र लिपीको प्रचार गरेको भन्दै तत्कालिन शासकले थेवेको हत्या गरेको थियो । ऐतिहाँसिक व्यक्तित्वको जन्मजयन्तिमा स्थानीय तहले विदा दिनु सकरात्मक भएको किराँत धर्म तथा साहित्य उत्थान संघ ताप्लेजुङका सचिव ज्ञानु लिम्बुले प्रतिक्रिया दिए ।

२०७६ मंसिर २९ गते प्रकाशित

वि.सं.२०७६ मंसिर २८ शनिवार १४:४७ मा प्रकाशित

You can share this post!

पहिलो दिन कति पर्यो त धौलागिरी लघुवित्तको आईपीओमा आवेदन ?

पहिलो दिन कति पर्यो त धौलागिरी लघुवित्तको आईपीओमा आवेदन ?

वि.सं.२०७९ साउन २४ मंगलवार १७:३७

काठमाडौं । बिक्री खुला भएको पहिलो दिनमै धौलागिरी लघुवित्त वित्तीय...

सुस्तायो सेयर बजार: ४५.४२अंकको गिरावट, कारोबार रकम पनि खुम्चियो

सुस्तायो सेयर बजार: ४५.४२अंकको गिरावट, कारोबार रकम पनि खुम्चियो

वि.सं.२०७९ साउन २४ मंगलवार १५:१३

काठमाडौं । सेयर बजारमा गिरावट आएको छ । साताको तेस्रो...

अरुण काबेली पावरले कमायो २५ करोड नाफा : प्रतिसेयर आम्दानी कति ? यस्तो छ वित्तीय अवस्था

अरुण काबेली पावरले कमायो २५ करोड नाफा : प्रतिसेयर आम्दानी कति ? यस्तो छ वित्तीय अवस्था

वि.सं.२०७९ साउन २४ मंगलवार १३:२८

काठमाडौं । अरुण काबेली पावरले गत आर्थिक वर्ष २०७८/७९ को...

निर्धन उत्थान लघुवित्तको नाफा १ अर्ब बढी, लाभांश क्षमता कति ? (विवरणसहित)

निर्धन उत्थान लघुवित्तको नाफा १ अर्ब बढी, लाभांश क्षमता कति ? (विवरणसहित)

वि.सं.२०७९ साउन २४ मंगलवार १३:०४

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले १ अर्ब बढी...

मह अभिनित “महापुरुष”मा शिवम् सिमेन्टको सहकार्य

मह अभिनित “महापुरुष”मा शिवम् सिमेन्टको सहकार्य

वि.सं.२०७९ साउन २४ मंगलवार १२:५६

काठमाडौं । नेपालको एक अग्रणी सिमेन्ट उत्पादक कम्पनी शिवम् सिमेन्ट...

सूर्यविनायकमा नेपालकै पहिलो द्धारकाधाम निर्माण हुँदै, स्थानीयमा उत्साह

सूर्यविनायकमा नेपालकै पहिलो द्धारकाधाम निर्माण हुँदै, स्थानीयमा उत्साह

वि.सं.२०७९ साउन २४ मंगलवार १२:३६

भक्तपुर । हिन्दु धर्मावलम्बीहरुले मान्दै आएको चार धाम मध्येको एक...