back
NMB ad

एनएमबिको १५०% हकप्रदमा आवेदन दिने आज अन्तिम मौका

Kumari bank ad

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्थाको १५० प्रतिशत हकप्रद भर्ने आज अन्तिम मौका रहेको छ । आज आइतबार (मंसिर २९ गते) कार्यलयसमय सम्म मात्र यसमा आवेदन दिन सकिनेछ ।

एनएमबिले कात्तिक २४ गतेदेखि २४ लाख ३० हजार ९३.७५ कित्ता (१५० प्रतिशत) हकप्रद सेयर बिक्री खुला गरेको हो । यसमा कात्तिक ६ गतेसम्म कायम सेयरधनीले आवेदन दिन सक्नेछन ।

बिक्री प्रबन्धकको काम सनराइज क्यापिटलले गरेको छ । सनराइज क्यापिटल कमलपोखरी, काठमाडौं र सनराइज बैंकका सम्पूर्ण शाखाबाट आवेदन दिन सकिनेछ ।

सी–आस्वा सदस्यता लिएका बैंक तथा वित्तीय संस्थाहरुबाट पनि हकप्रदमा आवेदन दिन पाइनेछ । रेटिङ एजेन्सी इक्रा नेपालले यो हकप्रदलाई औसत भन्दा कम आधार जनाउने ग्रेड ४ प्रदान गरेको छ ।

हाल यसको चुक्ता पुँजी १६ करोड २० लाख ६ हजार रुपैयाँ रहेको छ । हकप्रद निष्कासनपछि भने कम्पनीको पुँजी ४० करोड ५० लाख भन्दा धेरै हुनेछ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमास सम्ममा एनएमबिले १ करोड ५२ लाख ८६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी ३७ रुपैयाँ ७४ पैसा रहेको यो लघुवित्तको प्रतिसेयर नेटवर्थ २०० रुपैयाँ ३९ पैसा छ ।

२०७६ मंसिर २९ गते प्रकाशित

वि.सं.२०७६ मंसिर २९ आइतवार ०९:३३ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...